आज: २०८१ आश्विन २२, मंगलबार
ePaper
होमपेज /  Breaking News

सोरुका ४२ जना अपांगता व्यक्ति लाई राहत वितरण

  • रारा रैबार
  • २०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित
  • ९४५ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    जेठ ०५ मुगु
    डार्डो नेपाल द्धारा ४२ जना अपांगता भएका व्यक्ति लाई राहत वितरण गरेको छ । सि.वि.एमको आर्थिक सहयोग आई.एन.एफ. मुगु र डार्डो नेपालको समन्वयमा ४२ जना अपंगता भएका व्यक्ति लाई राहत वितरण गरिएको हो । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं ७,८,र ९ वडाका अपांगता भएका व्यक्तिलाई राहत वितरण गरिएको अपांगत पुनस्थपना तथा ग्रामिण विकास संस्था डार्डो नेपाल मुगुले जनाएको छ ।

    कार्यालयका अनुसार अपांगता भएका व्यक्ति तथा विहान बेलुका छाक टार्न हम्मे हम्मे भएका ४२ जना व्यक्तिलाई चामल ३० केजी , दाल ३ केजी , चिनी २ केजी , खाने तेल २ लिटर र १ चक्की हात धुने सावुन राहत वितरण गरिएको अपांगत पुनस्थपना तथा ग्रामिण विकास संस्था डार्डो नेपाल मुगुका अध्यक्ष सक्क बुढाले बताए ।

    उनका अनुसार विश्व महमारी रुपमा फैलिदै गएको नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ का कारण नेपाल सरकारले जारी गरेको लकडाउन तथा बन्दाबन्दिमा प्रभावित भएका सोरु गाउपालिकाका अपांगता भएका व्यक्ति लाई राहत वितरण गरिएको बुढाले जानकारी दिए ।

    उनले भने वडा नं ७ ,८ , र ९ वडाका ४२ जना अपांगता बाहेक बाँकि रहेका शारीरिक अशक्त भएका व्यक्ति अर्थात घरधुरी लाई सम्बन्धित गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष र वडाका वडाध्यक्ष सँग बैठक गरी बाँकि रहेका अपांगतालाई राहत तत्काल वितरण गर्ने उनको भनाई रहेको छ ।

    कर्णाली प्रदेशको दुर्गम मानिने मुगु जिल्लामा यति वेला असाहय , अपांगता , विपन्न परिवार लाई राहत वितरण गर्ने क्रम अहिले होडबाजी चलेको छ । सरकारले लकडाउन गरे पछि विहान वेलुका छाक टार्ने अवस्था लाई मध्येनजर गर्दे डार्डो नेपालले सानो भए पनि घाउमा मलम लगाएको अपांग पुनस्थपना तथा ग्रामिण विकास संस्था डार्डो नेपालका कार्यक्रम संयोजक रतन बहादुर शाही जानकारी गराउनु भएको छ ।

    यसै बिच अरु बाँकी रहेका अपाँगता भएका ब्यक्ती घरपरिवारलाइ सोरु गाउँपालीकाले तत्काल राहत उपलब्ध गराउने गाउपालीका का अध्यक्ष , उपाध्यक्ष लगाएत सम्बन्धीत वडाका अध्यक्षहरु समेत बसेर निर्णय गरेको अध्यक्ष बुढाले जानकारी दिनु भयो।

    प्रतिक्रिया दिनुहोस