आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

कर्णालीका मुख्यमन्त्रीसहित १६४ जनाको स्वाब संकलन

  • रारा रैबार
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित
  • ४५८ पटक पढिएको
  • जेठ ९, मुगु
    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु र प्रदेशसभा सदस्यसहित १६४ जनाको स्वाब संकलन गरिएको छ। जेठ ११ का लागि आह्वान गरिएको प्रदेशसभाको बैठकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउने तयारीका साथ प्रदेश सरकार, प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीहरुको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए। सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारसहित १६४ जनाको स्वाब संकलन गरिएको प्रमुख वाग्लेले जनाए। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वाब संकलन गरिएका सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गरिनेले उनले बताए। प्रदेशसभा सचिव जीवराज बुढाथाकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक सुरु हुने जानकारी दिए। बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्यहरु मात्र बैठक कक्षमा प्रवेश गर्न पाउने सचिव बुढाथोकीले जानकारी दिए पत्रकार, मन्त्रालयका कर्मचारी र दर्शकहरुलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने गरी तयारी गरिएको सचिवालयले जनायो। प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क, पञ्जा लगाउनु पर्ने, दर्शक दीर्घासम्मै सांसदहरु बस्ने गरी सामाजिक दूरी कायम गरिएको सचिव बुढाथोकीले बताए।

    प्रतिक्रिया दिनुहोस