रारा रैवार सम्वाददाता
जेठ २१ मुगु
छायाँनाथ रारा नगरपालिका वडा नं ३ साँया खोलाका ५८ घरदुरी दलित समुदाय लाई राहत वितरण गरीएको छ । छायाँनाथ रारा नगरपालिकाको आयोजनामा BNCAC युथ क्यानडाको आर्थिक सहयोगमा र मुगुका समाजसेबि प्रकाश बंमको पहलमा साँया खोलाका ५८ घरदुरीका दलित समुदायका नागरिकलाई राहत वितरण गरिएको हो ।
बिश्वभरी फैलिएको कोराना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लगडाउन गरे संगै लगडाउनले प्रभावित दलित समुदायका नागरिकमा दैनिक जिविकोपार्जनमा समस्या भएकले केहि सहज होस भन्ने उदेश्यले सायाँखोलाका ५८ जना दलित समुदायका नागरिकलाई राहत वितरण गरिएको पहलकर्ता प्रकाश बंमले बताए ।
उनका अनुसार स्थानीय सरकार छायाँनाथ रारा नगरपालिका संगको सर्हकार्यमा र नगर प्रमुख हरिजंग शाहीको उपस्थितमा बुधबार राहत बितरण गरिएको छ । राहत अन्तरगत ५८ जना लाइ प्रति घरदुरी २३ सय रुपैया बराबरको चामल ३० केजी , दाल २ केजी ,पिठो ५ केजि तेल एक लिटर नुन दुई पाकेट हात धुने साबुन ३ मिक्स मसाल १ का दरले वितरण गरिएको र यस्को लागत १ लाख ३६ हजार ३ सय रहेको बमंले बताए ।
राहत वितरणको क्रममा बोल्दै नगर प्रमुख शाहीले नगरबासी लाई रोग र भोग बाट बचाउने प्रतिवद्धा सहित सहयोगि संस्था मार्फत र नगरपालिका मार्फत यस्ता राहतका कार्यक्रम चरणबद्ध रुपमा ल्याउने बताए । पहिलो चरणमा स्वास्थ्य साम्रगि बितरण , दोस्रो चरणमा नगरपालिाका भित्रका ४हजार ७ सय २१ घर दुरी लाई राहत वितरण गरेको बताउदै शाहीले अब बन्दाबन्दीको समय लाई मध्यनजर गदै राहतका प्याकेज ल्याउने बताए ।
यति वेला असाहय दलित , विपन्न परिवार लाई राहत वितरण गर्ने क्रम अहिले होडबाजी चलेको छ । राहत वितरणको लागि एकद्धार प्रणालि लागुभएकाले सहयोग गर्न चाहने सहयोगि संस्थाले स्थानिय सरकार संग सहकार्य गरेर मात्रै राहत वितरण गर्न आग्रह गरिएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस