सुमन मल्ल
असार ५ मुगु
आर्थिक अवस्थामा निकै कमजोर भएर दाउरा बेचेर जिवित हुने बाध्यता भोगि रहेका सदरमुकाम गमगढीका दलित नागरिकले असार पहिलो हप्ता देखि निशुल्क रुपमा भेडा व्यवसाय प्राप्त गरेका छन । छायानाथ रारा नगरपालिका वडा नम्बर ३ सायाँखोला गाउँमा रहेका ४५ दलित घरधुरीले भेडा पालन गरि आर्थिक अवस्थालाई सुधार गर्ने गरि शुक्रवार देखि निशुल्क रुपमा भेडा पालनको अवसर प्राप्त गरेका छन ।
दाउरा बेचेर जिवन विताई रहेका दलित वर्गका नागरिकले पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुबाट २५ लाखको लगानीमा भेडा पालन गर्न सहयोग पाएको स्थानीयवासीले बताए । सदरमुकाममा रहेको दलित वस्तिको गरिवी हटाउने र उनिहरुलाई व्यवसायिक रुपमा आकर्षित गराउने गरि भेडा पालन व्यवसाय गर्ने अवसर दिनु सकरात्क कार्य रहेको जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले वताए । छायानाथ रारा नगरपालिका भित्रका सबै वस्तिहरु अन्र्तगत सदरमुकाम गमगढीसंगै जोडिएको दलित बस्तीका स्थानीयवासीहरुले दैनिक रुपमा दाउरा बेच विखन गरि जिवन पार गर्ने जोहो गरि रहेको अवस्थालाई परिर्वतन गर्न भेडा व्यवसाय अपनाउने अवसर प्रदान गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए ।
गरिवीका कारण दाउरा बेचेर जिन्दगी विताई रहेका दलितहरुलाई भेडा पालन व्यवसाय गर्ने अवसर दिएकाले गाउँभरिका दलितवासीहरुले निकै खुसिका साथ भेडा पालन व्यवसायमा लागेको स्थानीयवासी देवीलाल विकले बताए । आर्थिक वर्ष २०७६ । ०७७ मा व्यवसायिक रुपमा भेडा पालन व्यवसाय गर्न नगरपालिका भित्रको सायाँखोला वस्तीलाई छनौट दिएको र आगामी आर्थिक वर्षमा अन्य दलित तथा गरिव वस्तीलाई छनौट गरि भेडा पालन व्यवसाय प्रदान गर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस