रारा रैवार सम्वाददाता
असार १७ मुगु
गाँउमै खानेपानीका धारा नहुँदा पानी लिन जाँदा आउदा आधा घण्टा हिड्न बाध्य रहेका चैन गाउँ बासिहरुका घर घरम लक डाउनकै अबधीमा धारा निमार्ण सम्पन्न हुन थालेका छन । छाँयानाथ रारा नगरपालिका—२ चैन गाँउमा ५० घरधुरी छन । सबैले गाँउबाट १५ मिनेट टाढाको चैना खोलामा रहेको धारामा लाईन बस्नु पर्ने , आउदा जाँदा आउदा आधा घण्टा समय लगाएर पानी ल्याउने गरेका चैन बासिकालागी लक डाउन अवधीमै घर घरमै धारा निमार्ण सम्पन्न हुन थालेका हुन ।
चार किलो मिटर टाढाबाट पाईप मार्फत लाएको पानीलाई जम्मा गर्न १२ हजार घनमिटरको आरबिटि टयाङ्कि निमार्ण गरी चैन गाँउका प्रत्येक घरधुरीलाइ आगनमै खानेपानीका धारा निमार्ण गर्न थालिएको छ ।धारा निमार्ण नहुँदा सम्म सबै गाँउका स्थानीयवासी चैन खोलामा रहेको पुर्खौ देखि उपयोग गर्दै आएको धाराको पानी खादै आएका थिए । अहिले आगनमै धारा निमार्ण हुदै छन ।
पानी लिन जाँदा आउदा मात्र लाग्ने आधा घण्टाको समयमा घरको अन्य काम गर्न सकिने भएको छ । पानी खाने दुखका दिन केही दिनमै हट्ने भएका छन । बनेका धारा बालमैत्रि युक्त रहेका छन । आगनमै भएका धाराको पानीले घर अगाढीको करेसा बारीमा सिंचाई समेत हुने भएको छ । दैनिक सर सफाईमा ध्यान जाने भएकाले घर घरमा धारा निमार्ण हुदा गाँउबासि सारै खुसि भएको चैन गाँउका स्थानीयवासी मानप्रसाद चौलागाईले बताए ।
युनिसेफको कुल ७ लाख ७१ हजार ७ सय ५० आर्थिक सहयोगमा हिमाली सामुदायिक ग्रामिण युवा बिकास केन्द्र हिरिसडेक मुगुले निमार्ण गरेको ४५ घरका स्थानीयवासीका लागि लक डाउनकै अबधीमा धारा निमार्ण हुन थालेका स्थानीयवासी प्रेमबहादुर मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस