रारा रैवार सम्वाददाता
असार १७ मुगु
मुगु — रारा तालवरिपरि साइकल मार्ग बनाउन कर्णाली प्रदेश सरकारले विनियोजन गरेको ३ करोड रुपैयाँ र मुगुमकार्मारोङ गाउँपालिकाको चित्तैमा च्यांग्रा स्रोत केन्द्र स्थापना गर्न प्रदेश सरकारले पठाएको १ करोड बजेट फ्रिज जाने भएको आजकोे कान्तिपुर दैनिकमा राजबहादुर शाहीले समचार लेखेका छन । डिभिजन वन कार्यालयले समयमै काम अगाडि बढाउन नसक्दा बजेट फ्रिज हुने निश्चित भएको हो ।
पर्यटकको सुविधाका लागि राराताल वरिपरि १४ किलोमिटर साइकल मार्ग निर्माण गर्ने निर्णय गरिएको थियो । गत आर्थिक वर्षमा पनि साइकल मार्ग निर्माणका लागि विनियोजन गरिएको ३ करोड रुपैयाँ फ्रिज गएको थियो ।
वर्षेनि रकम छुट्याइए पनि सरकारी लापरवाहीले बजेट फिर्ता जान थालेको पर्यटन व्यवसायी विर्खबहादुर रोकायाले बताए । ‘यसअघि पनि पूर्वाधार विकासको करोडौं रुपैयाँ फिर्ता गएको थियो,’ उनले भने, ‘सरकारले राराको विकासका लागि बजेट नै दिँदैन, दिए पनि काम नगरी फिर्ता जान्छ ।’
पूर्वाधार अभावका कारण रारामा पर्यटकको आकर्षण बढ्न नसकेको उनको गुनासो छ । सरकारी बेवास्ताका कारण रारामा विद्युत् पु¥याउने ३ वर्षअघिको योजना पनि अलपत्र परेको उनको भनाइ छ ।राराको विकासका लागि ३ वटै सरकारले बेवास्ता गरिरहेको स्थानीय लाई आकर्षिकमल रोकायाले बताए ।
‘सामान्य पूर्वाधारको मात्र विकास गर्न सके रारा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्छ,’ उनले भने, ‘सरकारले बजेट दिन कञ्जुस्याइँ गर्दा पर्यटकत गर्न सकिएको छैन ।’ सरकारले बनाएको डीपीआर र पूर्वाधार विकास योजना कार्यान्वयन नहुँदा रारा आउने पर्यटकले सास्ती भोग्नुपरेको उनले गुनासो गरे ।
यस वर्ष लकडाउनका कारण बजेट खर्च गर्न समस्या भएको डिभिजन वन प्रमुख भरतबहादुर बुढथापाले बताए । ‘रारा साइकल मार्गको बजेट वहुवर्षीय हो,’ उनले भने, ‘असार मसान्तको बेला काम नगर्नु भन्दै वन तथा वातावरण मन्त्रालयले परिपत्र गरेपछि यस वर्षको बजेट पनि फिर्ता जाने निश्चित भएको हो ।’
उनका अनुसार रारा साइकल मार्गका लागि ४२ करोड रुपैयाँको डीपीआर निर्माण भएको छ । रारा राष्ट्रिय निकुञ्जसँग अनुमति लिएर मात्र राराताल क्षेत्रमा पूर्वाधार निर्माणका काम गर्नुपर्ने भएकाले पनि केही समस्या देखिएको उनी बताउँछन् ।
च्यांग्रा स्रोत केन्द्रको १ करोड बजेट फ्रिज
मुगुमकार्मारोङ गाउँपालिकाको चित्तैमा च्यांग्रा स्रोत केन्द्र स्थापना गर्न प्रदेश सरकारले पठाएको १ करोड बजेट फ्रिज जाने भएको छ ।कर्णाली सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत स्रोत केन्द्र स्थापना गर्न बजेट पठाएको थियो ।
कोटेसन आव्हानमा ढिलाइ र लकडाउनका कारण काम गर्न समस्या भएपछि बजेट फिर्ता जाने निश्चित भएको पशुसेवा कार्यालय प्रमुख भिमचन्द वुढाले बताए । ‘लकडाउन खुकुलो भएपछि भवन निर्माण गर्न खोजे पनि २० लाख रुपैयाँ पनि खर्च हुन मुस्किल देखियो,’ उनले भने, ‘काम नभएपछि अधिकांश रकम फ्रिज जाने भएको छ ।’ उनका अनुसार चीनसँग सीमा जोडिएकाले मुगुमकार्मारोङ गाउँपालिकामा च्यांग्रापालन उपयुक्त मानिएको छ ।
चरिचरन क्षेत्र पनि प्रशस्त भएकोले चित्तैमा केन्द्र स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो । बजेट फ्रिज जाने भएपछि व्यावसायिक च्यांग्रापालनमा आकर्षित भएका किसान निरास बनेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस