आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

पाटी बलियो बनाउन प्रेस युनियनको सुझाव

  • रारा रैबार
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित
  • १०८४ पटक पढिएको
  • रारारैवार संवाददाता
    असार १८ मुगु
    नेपाली कांग्रेसलाई सच्चिएर अगाडी बढ्न प्रेस युनियनले सुझाव दिईएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतल प्रेस युनियन मुगुले नेपाली कांग्रेसमा मनमुटावको सृजना भएको अवगत गराउदै नेतृत्व तहका नेता सच्चिएर अगाडी बढ्नु पर्ने र पाटी लाई बलियो बनाउनु पर्ने भन्दै सुझाव दिईएको हुन ।

    आगामी दिनमा पाटीलाई सशक्त बनाउन शुभेच्छुक संस्थाको धाराण लिन नेपाली कांग्रेस मुगुले विहिबार बिहान पाटी कार्यालयमा आयोजना गरेको छलफलमा प्रेस युनियनका अध्यक्ष विनोद कुमार मल्ल लगायतका सदस्यहरुले मुगुमा नेपाली कांग्रेस एक बलियो पार्टी भएको अवगत गराउदै नेतृत्व तहका नेताको मनमुटाव तथा आपसी खिचातानीका कारणले गर्दा पाटी कमजोर हुन गएको बताएका छन ।

    विपक्ष पार्टीले हरेक क्षेत्रमा खबरदारी गदै आएको अबस्थामा मुगुमा नेपाली कांगेसका नेता तथा कार्यकर्ता हरु कुनै मतलब नगरी बसेका छन ।
    बरु आफु आफुमा खिचातानि गर्ने , कुरा काट्ने र जिल्ला स्तरमा नेता नबस्ने गर्नाले पार्टी नेताकै हातबाट कमजोर भएको अध्यक्ष मल्लले बताए ।पाटी बलियो बनाउन जिल्ला स्तर देखि वडा स्तर सम्म प्रशिक्षण दिर्ने लगायत नेताहरुमा एकरुपता हुन जरुरी देखिन्छ । सबै जिल्ला स्तरका नेताले एक चुच एक मुख गरेर काम गर्नु पर्ने प्रेस युनियुनका सदस्यहरुले बताएका छन ।

    कर्णाली प्रदेशका योजनाहरु नेकपाले एकलौटी रुपमा सञ्चालन गरीरहेको अवस्थामा प्रतिपक्षदल नेपाली कांग्रेस मुख दर्शक भएर बसेका । उक्त योजनाहरुमा प्रतिपक्षको भुमिका निर्वाह हुन नसकेको पे्रस युनियनल ठहर गरेको छ ।
    सरकारी तथा गैह सरकारी कार्यालय द्धाराम सञ्चालित पुर्वधारका योजना , क्षमता बिकास जस्ता कार्यक्रम प्रति काग्रेसले निगरानिको भुमिका निर्वाह गर्न प्रेस युनियनले सुझाव दिईएको छ ।

    छलफलका कार्यक्रम बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितका सदस्य हरिजंग शाहीले नेपाली कांगे्रसमा सहयोगिको भावाना नभएको बताए । मुगुमा कांग्रेस प्रति जनताको जन लहर छ । तर कांग्रेस लाई कमजोर बनाउने नेतृत्व तहका नेताहरुको मनमुटावका कारणले गर्दा मुगुमा कांग्रेस कमजोर छ भन्ने वाहन भएको छ । जिल्ला स्तरमा नेता तथा कार्यकताहरु एक जुट भएर अघि बढ्न सके मुगुमा कागे्रसको जन लहर बढ्ने नगर प्रमुख शाहीको भनाई छ ।

    यसै बीच नेपाली कागे्रस मुगुका पाटी सभापति खड्क बहादुर शाहीले पाटी लाई बलियो बनाई लैजाने प्रतिपक्षको कडा रुपमा भुमिका निर्वाह गर्ने बताएका छन । शाहीका अनुसार प्रेस युनियनको सुझाव लाई आत्मसाथ गदै गल्ती कमजोरी हरु सच्चाएर जाने मनोनित हुन बाँकी रहेका पदाधिकारीहरुलाई तत्काल मनोनित कार्य अगाडि बढाउने सोचमा रहेको बताए ।

    यो पनी पढ्नु होला

    https://www.rararaibar.com/2020/07/02/987/

    प्रतिक्रिया दिनुहोस