आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

प्रहरीले राख्यो गाउँ गाउँमा जानकारी पाटी ।

  • रारा रैबार
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित
  • १०४७ पटक पढिएको
  • रारा रैवार संवाददाता
    असार ३० मुगु
    मुगु जिल्लाका विभिन्न स्थानहरुमा नेपाल प्रहरीले जानकारी पाटी राखेको छ । जिल्लामा घटने विभिन्न घटना र त्यसबाट पिडित व्यक्ति,परिवारहरुले समय मै प्रहरी सेवाको सदुपयोग गर्न नसकिरहेको अवस्थालाई मध्य नजर गदै जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाका विभिन्न स्थानहरुमा जानकारी बोर्ड राखेको हो ।

    समुदाय प्रहरी साझदारी कार्यक्रम अन्तरगत गाँउ बस्तिहरुमा विभिन्न चेतना मुलक कार्यक्रम लिएर जादा स्थानियहरुले प्रहरीलाई कसरी,कस्लाई कतीमा,कहाँ सम्पर्क गर्ने,कस्तो खालको सेवाहरु हनमीले पाउछन त्यो बारे अनभिज्ञता प्रकट गरेपछि सर्वसाधरणहरुको प्रहरीबाट प्रवाह गरिने सेवामा पहुच पु¥याउनका लागी छायाँनाथ रारा नगरपालिका,सोरु,खत्याड र मुगुम कार्मारोङ्ग गाँउपालिकाहरुका पायक तथा मानिसहरुको भिडभाड,भेला हुने स्थानमा प्रहरीले जानकारी बोर्ड राखेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

    जिल्ला भरी जानकारी वोड राख्न एग्लो प्रहरीको आर्थिक अवस्थाले नसक्ने भएपछि जिल्लामा रहेका विभिन्न गैर सरकारी सस्थाहरुको साझेदारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जानकारी बोर्ड राखिएको पनि प्रनाउ साहले बताए ।प्रहरी कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानमा महिला हिंसा सम्बन्धि चेतना मुलक सन्देश प्रवाह गर्ने र समाजलाई महिला हिंसा नियन्त्रण गर्न एकजुट गराउने उदेश्यका साथ सार्वजनिक जानकारीका लागी १५ वटा वोर्ड बनाई नेपाल प्रहरीलाई आफनो सस्थाले हस्तान्तरण गरेको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकमाया शाहीले बताईन ।

    बालविवाह,बहु विवाह लगायत महिला हिंसा सम्बन्धि गतिविधी अन्त्य गर्र्न सार्वजनिक बोर्डले राम्रो भुमिका निर्वाह गर्न सक्ने भएकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयसंग विभिन्न साझेदारी काम गदै आएको मध्य टेवा नेपालको आर्थिक सहयोगमा स्थापना गरिएको जानकारी मुलक बोर्ड स्थापना पनि एक भएको अध्यक्ष शाहीले बताईन ।

    महिला अधिकार केन्द्र र सिडिएस पार्क नामक गैर सरकारी सस्थाहरुको सहयोगमा नेपाल प्रहरीले जिल्लाका चारै वटा स्थानिय तहहरुका विकट ठाँउ बस्तिहरुमा जानकारी मुलक १९ वटा सुचना बोर्ड राखेको छ ।प्रनाउ साह मुगु जिल्लामा आएपछि समुदाय र प्रहरी विचको सम्वन्ध मजबुद बन्दै गएको यहाँका स्थानियहरुले महशुस गरेका छन ।

    हुनु पनि प्रनाउ साहको निर्देशनमा प्रहरीहरु कुनै न कुनै चेतनामुलक कार्यक्रम लिएर महिनैपिच्छे समुदायमा गएका हुन्छन,यसरी प्रहरी समुदायमा जादा स्थानिय र प्रहरी विच भाईचाराको सम्वन्ध हुदा प्रहरीलाई पनि काम गर्न सजिलो भएको छ । अहिले समुदायमा केहि घटना घटे वा शान्ति सुरक्षा दिनु परेमा सर्वसाधारणहरुले सिधै प्रनाउ,प्रसनी लागायतलाई सम्पर्क गर्न गरेको पनि प्रहररीले बताएको छ ।

    सानो तिनो वादवाविवाद देखि लिएर जघन्य अपराधमा समेत आफनो कार्यकर्ताहरुको बचाउ गदै दोषीलाई उन्मुक्ति दिन विगतमा प्रहरीलाई विभिन्न तहबाट दवाव दिने राजनितिक लदहरु पनि साह जिल्लामा आएपछि प्रहरी कार्यालय धाउन छोडेका छन । नत्र विगतमा घटना प्रहरीमा पुग्नु भन्दा पहिलै यहाँका राजनैतिक दलका स्थानिय नेताहरु अपराधीलाई छुटाउन प्रहरीमा पूग्ने गरेको तितो अनुभव रहेको स्वयं प्रहरीहरु बताउछन ।
    प्रहरीले जानकारी तथा सम्पर्क पाटी राखेपछि विभिन्न विवादमा विचौलिया लाग्ने स्थानिय नेताहरुको दिन पनि सकिएको छ । प्रहरीसंग शिधै सम्पर्क नहुदा पिडितहरु नेता मार्फत प्रहरी कहाँ आउने गर्थे । यसरी आउदा स्थानिय नेताहरु आफना कार्यकर्ता बचाउन पिडितलाई झन दवाद दिने र पिडक उम्काउनने गर्थे अब सुचना पाटी अनुसार सिधै प्रहरीलाई खबर गर्न सकिने भएको छ अब विचमा कसैको सहयोगको आवश्यकता छैन,पिडितले प्रहरीबाट सिधै न्याय पाउनेछन नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताए

    प्रतिक्रिया दिनुहोस