रारारैवार संवाददात
असार ३१ मुगु
गत साउन देखि यो असार मसान्तसम्म मुगु जिल्लामा विभिन्न विपतबाट १४ करोड बढीको धन सम्पती क्षती भएको बताईएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले बुधबार बर्षभरी आफुले सम्पादन गरेका काम कारवाहीहरु सार्वजनिक कार्यक्रमको आयोजना गदै चालु आःवमा मुगु जिल्लामा बाढी पहिरो,आगलागी,चट्रयाक्कबाट १४ करोड ६५ लाख ९ हजार ९९० रुपयाँ बराबरको धनमाल क्षती भएको बताएको हो ।
प्रहरी कार्यालयले सुचनाको हक अन्तरगत कार्यालयबाट सम्पादन भएका काम कारवाहीहरु सरोकारवाला र जन समुदायले थाहा पाउन भनेर तिन तिन महिनामा पालिका स्तर देखि जिल्ला स्तरसम्म सार्वजनिक सुनुवाई गदै आएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले सार्वजनिक गर्नु भएको प्रहरी कार्यालयको यो बर्षको कार्यसम्पादन अनुसार ९ वटा सार्वजिक सुनुवाई कार्यक्रम,५९ वटा मुददा दर्तामा १२३ जना प्रतिवादि रहेको बताईएको छ । यस्तै गरि ठाडो उजुरीमा १४९ वटा परेको जसमा ४० वटा कुटपिट,२६ वटा लेनदेन,६० वटा झै झगडा र १२ वटा ज्यु ज्यान सुरक्षा सम्वन्धि रहेका छन ।
प्रनाउ साहका अनुसार यो बर्ष महिला बालबालिका र जेष्ठ नागरिक सम्वन्धि १७ वटा मुद्धा दर्ता थिए । जसमा वहु विवाहका ३ ,जबरजस्ति करणीका ४,अभद्र व्यवहारका ३,अपराधजन्य १,अपहरण १,बोक्सी आरोप १ र जेष्ठ नागरिक सम्वन्धि ४ मुद्धा रहेका छन ।
प्रहरी कार्यालय र मातहतका युनिटले बर्ष भरी ११३९ वटा विभिन्न विषयमा जनचेतना जगाउने खालका कृयाकलाप तथा कार्यक्रम गरेक ाछन । जस मध्य कोरोना संक्रमण,रोकथाम तथा स्वास्थ्य सुरक्षा सम्वन्धि ८०० वटा जनचेतनाका कार्यक्रम गरिएको छ । यसैका प्रभााव स्वरुप मुगुमा सरकाले घोषणा गरेको लडडाउनको जन स्तर तथा व्यापारीबाट पुर्णपालना गरेको,नेपालभरी कोरोना संक्रमितको संख्या बढी रहदा मुगुमा भने शुन्य रहेको,जनताका आनीबानीमा सुधार आएको बताईएको छ ।
८५ जना प्रहरीहरुको पिसिआर परिक्षण गरेकोमा उहाँहरु सबैको नेगटिप रिर्पोट आएको,कार्यालयबाट सम्पादन हुने सेवालाई चुस्तदुरुस्त राख्न सुविधा सम्पन्न र प्रविधिमत्री भवन निमार्णकोकाम भैरहेको,आन्तरिक सुद्घीकरण अन्तरगत ११ जनालाई कारवाहि र ३३ जनालाई पुरस्किृत गरिएको पनि प्रनाउ साहले बताए ।
यो अवधीमा जिल्लामा रहेका सरोकारवालाहरु राजनैतिक दल,सरकारी तथा गैर सरकारी संघ सस्था,संचारकमी तथा स्थानिय जनताहरुसंग समुधुर सम्वन्ध कायम भएको पनि सार्वजनिक सुनुवाई कार्यक्रममा बताईएको थियो ।
आफु सरुवा भएर जिल्लामा आउदा प्रहरी जवानहरु भुईमा सुत्नु पर्ने अवस्था थियो अहिले सबै प्रहरीलाई सुत्ने खाटको व्यवस्था मिलाएको,नारि सचेतना केन्द्रको सहकार्यमा सबै प्रहरी युनिटमा किचन गार्डेन(तरकारी वारी)को शुरुवात र महिला अधिकार केन्द्र र सिडिएस पार्कको सहयोगमा १९ वटा सुचना पाटी राखिएको,मोटर साईकल गस्ति शुरु गरिएको,छायाँनाथ रारा नगरपालिकाले प्रहरी कार्यालयलाई शान्ति सुरक्षालाई मजबुद बनाउन सहज होस भनेर जिल्ला सदरमुकाममा सिसि क्यामारा र स्टेडलाईड जडान गरेको पनि प्रनाउ साहले बताए ।
सार्वजनिक सुनुवाई गर्ने एक मात्र कार्यालय
मुगु जिल्ला भरी ४ वटा स्थानिय सरकार प्रदेश र संघ मातहतका गरी ३ दर्जन बढी सार्वजनिक सेवा प्रदायक कार्यालयहरु भएपनि सार्वजनिक सुनुवाई गर्ने एक मात्र जिल्ला प्रहरी कार्यालय रहेको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्लले बताउनु भयो ।
सुचनाको हक सम्वन्धि ऐनले सार्वजनिक सेवा प्रवाह गर्ने सेवा प्रदायक कार्यालय निकायहरुले आफुले सम्पादन गरेका काम कारवाहि प्रत्र्यक तिन तिन महिनामा सार्वजनिक गर्नु पर्ने व्यवस्था भएपनि मुगुमा जिल्ला प्रहरी कार्यालय बाहेक कसैले सार्वजनिक सुनुवाईको कार्य गर्ने गरेका छैनन ।
सरकारी कार्यालय मात्र नभएर गैर सरकारी संघ सस्थाहरुले पनि आफुले सम्पादन गरेका कामहरुको सार्वजनिकरण गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौैलाले बताए । जिल्ला प्रशासन कार्यालयमा नियमित बस्ने कार्यालय प्रमुख हरुको बैठकमा आफना कार्यालयबाट सम्पादन भएका कामहरुको नियमित कार्यालयको सोसल साईट राख्ने,त्रैमासिक सार्वजनिक सुनुवाई गर्र्ने निर्णय भएको र सोहि अनुसार कार्यालयहरुले कसैले सार्वजनिक सुनुवाई गरेको र कोहिले सोसल साईडमा अपलोड गर्ने गरेको बताउदै प्रजिअ निरौलाले कार्यालयहरुको बचाउ गरे ।
सबै कार्यालयहरु भन्दा बढी कार्यकारी अधिकार भएका पालिका,प्रदेश र संघका कार्यालयहरु जनता प्रति उत्तरदायी भएर आफना काम कारवाहि सार्वजनिकरण गर्नु पर्ने जिल्ला समन्वय समितीका प्रमुख पुर्ण बहादुर रोकायाले बताए ।
छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले एक बर्ष अगाडी भन्दा अहिले जिल्लामा शान्ति सुरक्षा मजबुद भएको,लागु औषध नियन्त्रण भएको,नागरिक स्वतन्त्र रुपमा घुमफिर गर्न पाएको,कोरोना संक्रमण नियन्त्रण,रोकथाम र जनचेतनामा अग्रपंथीमा प्रहरी रहदैै आएको बताउनु भयो । विगत बर्षमा प्रहरी र स्थानिय सरका विच राम्रो सम्वन्ध रहेको थिएन तर अहिले जिल्ला प्रहरी कार्यालय र अन्य सुरक्षा निकायहरुले केन्द्र,प्रदेश सरकार सरह नै स्थानिय सरकारसंग समन्वय र सहकार्य गदै आएको पनि नगरप्रमुख शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस