रारारैवार संवाददाता
साउन ४ मुगु
नेकपाको केन्द्रिय तहमा आएको विवादको विरोध गदै ओली पक्षधर कार्यकर्ताहरुले आईतबार प्रर्दशन गरेका छन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड) र अन्य नेताहरुले विभिन्न बखेडा निकालेर काम गर्न असज पारेको भन्दै अन्य नेताहरुको विरोध गदै ओली पक्षधर नेता कार्यकर्ताहरुले मुगु जिल्ला सदरमुकाम गमगढीमा विरोध प्रर्दशन गरेका हुन ।
विरोध ¥यालीमा सहभागी ओली पक्षधर कार्यकर्ताहरुले पाटी फुटाउन पाइदैन,कुटी नेता चाहिदैन,अघि बढ ओली,हामी तिमो्र साथमा छौ,के.पी ओली जिन्दावाद,फेर्नु छ चाडो देशको मुहार,हामो्र भविष्य हामो्र सरकार जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।
विरोध ¥यालीमा नेकपा जिल्ला स्तरका नेताहरु सुन्तला रोकाया,डम्बर बहादुर रावल,परेगराज सहित ३ दर्जन नेता कार्यकर्ताहरु सहभागी भएका भएपनि माधव नेपाल,प्रचन्ड र झलनाथ पक्षका कोहि नेता कार्यकर्ताहरु उपस्थित देखिएका थिएनन ।
सरकारले राष्टवादी काम गरेकोले यो अवस्थामा देशी विदेशी तत्वहरुको दवाव रहेका बेला आफनै पाटीका कार्यकर्ताहरुले सरकारको बचाउ गर्नुपर्छ र पाटीलाई एकजुट बनाउन स्थानिय तहबाटै दवाव दिनु पर्छ भन्दै नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुले मुगुमा प्रर्दशन गर्न पाटीका जिल्ला कमिटीका पदाधिकारीहरुसंग अनुरोध गरेपनि आजको प्रर्दशनमा उहाँहरु सहभागी नभएको छायाँनाथ रारा नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाले बताउनु भयो ।
प्रर्दशनको नेतृत्व नेकपा मुगुका जिल्ला कमिटी सदस्य एवं वडा नं ५ का वडा अध्यक्ष डम्बर रावलले गर्नु भएको थियो । यता नेकपा जिल्ला सचिव धर्म बहादुर शाहीले पाटीलाई कुनै जानकारी विना बिरोध कार्यक्रम गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस