आज: २०८१ फागुन ४, आईतबार
ePaper
होमपेज /  Breaking News

लकडाउन खुलेपछि मुगुमा तारा एयरको उडान सुरु

  • रारा रैबार
  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित
  • ९५४ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन ०८ मुगु
    लकलडाउन खुलेलगतै मुगुको रारा बिमानस्थलमा तारा एयरले आफनो नियमित उडान बुधबारदेखि सुरु गरेको छ । लकडाउनका कारण गत चैत देखि बन्द गरेको तारा एयरले लकडाउन अन्त्यसंगै तारा एयरले नेपालगञ्ज देखि नियमित उडान सुरु गरको छ ।

    पहिलोपटक फ्लाइट खाली आएको र दोश्रो फलाइटमा ९ जना यात्रु मुगु ल्याएर फर्किदा ८ जना यात्रु लिएर उडेको तारा एयरका स्टेशन इन्र्चाज शेरबहादुर भामले बताए । बिरामी तथा यात्रु बोक्नको लागि भिजिट कर्णाली एण्ड ट्राभल्सको पहलमा तारा एयरले उडान सुरु गरेको हो ।

    केही दिनअघि देखि सिता एयरले पनि रारा बिमानस्थलमा उडान गरिरहेको अबस्थामा तारा एयरले पनि नियमित उडान प्रारम्भ गरेपछि बिमानस्थलमा चहलपहल बढेको छ ।

    लामो समयदेखि बेकामे बनेका एयरलाइन्सका कर्मचारी समेत यतिबेला खुशी भएका छन् । एयरलाइन्सले उडान थालनी गरेपछि बिरामी र अलपत्र परेका कर्मचारी स्थानीयलाई पनि तलमाथि आउ(जाउ गर्न सहज भएको छ ।

    बिशेष गरेर बिरामी र अलपत्र परेका कर्मचारी, ब्यापारी र स्थानीयलाई ओर्सानको निम्ति तारा एयरले रारा बिमानस्थल नियमित उडान सुरु गरेको भिजिट कर्णाली एण्ड ट्राभल्सका प्रबन्धक राजु कार्कीले जानकारी गराए ।

    तारा र सिता एयरले उडान सुचारु गर्न थालेपछि बिमानस्थल वरपरका होटल व्यवसायी पनि हर्षित देखिन थालेका छन् ।
    लकडाउनले हवाई सेवा बन्द हुदा उकुसमुकुस भएका बिमानस्थलका होटल तथा खुद्रा व्यवसायी जहाजले फलाइट थालनी गरेपछि उत्साहित देखिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस