रारारैवार संवाददाता
साउन १६ मुगु
आफना सदस्यहरुलाई सहकारी मार्र्फत विभिन्न सेवा दिदै आएको यहाँको एक सहकारीले सदस्यहरुलाई एम्वुलेन्स सेवा समेत दिन थालेको छ । जिल्ला कै ठुलो वित्तिय कारोवार गर्ने वित्तिय सस्था छायाँनाथ बचत तथा ऋण सहकारी सस्था लि,(छायाँनाथ साकोस) ले आफना दुर दराजमा रहेका सदस्यहरुलाई सुविधा दिनका लागी एम्वुलेन्स सेवा शुरु गरेको हो ।
सहकारीले जिल्ला भरी लघुवित्त कारोवार समेत गरेकाले विकट विकट बस्तिहरुमा समेत महिला केन्द्रहरु रहेका छन,कोहि सदस्य विरामी भएमा तत्काल उद्धार गरि सदस्यहरुलाई समय मै उपचार गर्न सकियोस भनेर सहकारीले एम्वुलेन्स सेवा शुरु गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
काठमाडौंको ठमेलमा रहेको नेचर निट प्रा.लीका संचालक भरत अधिकारी सहितको टोली गत बर्ष मुगु घुम्न आएका बेला दुर दराजका विरामी,सुत्केरी व्यथा लागेका महिलाहरुलाई स्थानियहरुले बोकेर स्वास्थ्य सस्थाहरु तिर लिदै गएकोे कारुणिक दिष्य देखेपछि टोलीले मुगालीको सेवाका लागी एम्वुलेन्स निस्वार्थ सहयोग गर्ने निर्णय गरेका थिए ।
संचालक अधिकारीले भन्नुभयो मुगुमा जन स्तरसम्म सम्वन्ध र सम्पर्क भएको सस्था खोज्दै जादा एक मात्र वित्तिय सस्था छायाँनाथ सहकारी पायौ त्यसमा झन सहकारीले सदस्यहरुलाई बार्षिक रुपमा सरसफाईका सामागी्रहरु लगायत अन्य सेवा दिदै आएको पाएपछि आफुहरुले सहकारीलाई एम्वुलेन्स सहयोग गरेमा ग्रामिण स्तरसम्मका जनताले सेवा पाउने शुनिस्चिता र एम्वुलेन्स निरन्तर संचालन गर्न सक्ने आर्थिक हैसियत पनि सहकारीको देखेपछि छायाँनाथ सहकारीलाई एम्वुलेन्स सहयोग गरेको र भावी दिनमा विभिन्न विषयमा सहकार्य गदै अघि बढने समझदारी समेत गरेका छौ ।
सहकारी र अधिकारीको सहकार्यमा जिल्लामा एम्वुलेन्स सेवा शुरु भएपछि सहकारीले दुर दराजका दुर्गम क्षेत्रहरुमा एम्वुलेन्स सेवा दिएर विरामी तथा विपतमा परेका व्यक्ति परिवारहरुको उद्धार गर्ने कार्य गरिरहेको छ । जिल्ला भरी रहेका आफना ९ हजार बढी सदस्यहरुलाई विभिन्न सेवा दिदै आएको सहकारीले थप एम्वुलेन्स सेवा पनि दिन थालेपछि सदस्यहरु सहकारी प्रती झन आक्रशित र सहकारी सदस्यहरु कै लागी रहेछ भनेर बुझन थालेको सहकारीका उपाध्यक्ष कमल बहादुर बुढाले बताउनु भयो ।
जिल्लामा २ सय बढी विभिन्न विषयगत सहकारीहरु भएपनि प्राय सहकारीहरु सरकारी तथा निजी क्षेत्रबाट दिईने अनुदानमुखि रहेका छन, जो सदस्य सेवा भन्दा सदस्यबाट आर्थिक संकलन गरेर आफना स्वार्थमा खर्च गर्ने योजनाका साथ संचालित छन । उनीहरु सहकारी ऐन,नियमावली विपरित कार्य गरिररहेका छन । २०७१ सालमा स्थापना भएको छायाँनाथ सहकारीका जिल्ला भरी ९ हजार बढी सदस्य रहेका छन भने सदस्यहरुको बचत मात्र २१ करोड ,लगानी २२ करोड र कुल कारोवार २३ करोड भन्दा बढी रहेको छ ।
सहकारीले एम्वुलेन्स सेवामा सदस्यहरुलाई जिल्ला एम्वुलेन्स संचालक समितीले तोकेको भाडादरमा २५ प्रतिशत छुट दिदै आएको छ । जिल्लामा भएका सहकारीहरु प्राय अनुदानमुखि र झोले सहकारी भएकाले जिल्लाबासीले अझै सहकारी बारे पुर्ण साक्षरता पाउन सकेका छैनन ।
सहकारी,वित्तिय कारोवार,बचत,ऋण,लगानी,वित्तिय फाईदा, आदि बारे विगत ५ वर्ष यताबाट सदस्यहरुलाई आरएमडिसी नामक वित्तिय सस्थासंगको सहकार्य र सक्षम परियोजनाको आर्थिक सहयोगमा तालिम,गोष्ठी तथा प्रचार प्रसार मार्फत सचेतना दिईदै आएपनि सिमित सहयोग र दुर्गममा साधन सा्रेतको अभावका कारण सर्वै नागरिकलाई वित्तिय साक्षरता दिन नसकिएको सहकारीका कोषाध्यक्ष हरि बहादुर बहादुर शाहीले बताउनु भयो ।
छायाँनाथ सहकारीले आफना सदस्यहरुलाई सुत्केरी पोषण भत्ता,मृत्य सस्कार खर्च,जन्म दिन खर्च,युवा स्वरोजगार कार्यक्रम,विना धितो लगानी,विशषज्ञ स्वास्थ्य घुम्ती सेवा,एम्वुलेन्स सेवा दिदै आएको छ । सहकारीको सेवाबाट सदस्यहरु पनि सन्तृष्ट रहेको पाईएको छ ।
छायाँनाथ रारा नगरपालिका वडा नं २ गमगढी बजारमा व्यापार व्यवसाय गदै आएका सहकारीका सदस्य राज बहादुर रोकाया मुगुमा रहेका धेरै सहकारीमा आफुले बचत गरेपनि कुनै सहकारीले समय मै बचत फिर्ता दिदैनन,बचतमा व्याज पाउन,समय मै ऋण पाउनु र अन्य सेवा सुविधा पाउन ति सहकारीबाट आकाश कै फल सरह हो तर छायाँनाथ स्थापना भएदेखि आफुहरुले समयमा सबै सेवा पाउनुका सार्थै बचतमा तिन तिन महिनामा रामो्र्र ब्याज पााउदै आएको बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस