रारारैवार संवाददाता
साउन २५ मुगु
मुगु : मुगु जिल्लामा लामो समय देखि काम गदै आएका संस्थाले स्वास्थ्य संस्थाहरुमा सर्जिकल मास्क वितरण गरेका छन । गुड नेवर्स इन्टरनेशनल नेपालको कार्य क्षेत्र भएका मुगु जिल्लाका स्वास्थ्य संस्थाहरुमा सर्जिकल मास्क वितरण गरिएको हो ।
बुधबार गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्च (KPADF) मुगु द्धारा संचालित सामुदायिक विकास परियोजना अन्तरगत विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै गुड नेवर्स इन्टरनेशनल नेपालको कार्य क्षेत्र भएका स्वास्थ्य संस्थाहरुमा सर्जिकल मास्क वितरण गरिएको कर्णाली गरिबी न्यूनिकरण तथा विकास मञ्च (KPADF) मुगु का अध्यक्ष शिवशम्भु मल्लले बताए ।
उनका अनुसार मास्क छायाँनाथ रारा नगरपालिका अन्तरगत बाम र ढुंगेधारा, खत्याड गाउँपालिका सेरी, सुकाढीक र खमाले, सोरु गाउँपालिका रारा, जिमा, धैनकोट र भिई, मुगुम कार्मारोङ्ग गाउँपालिका अन्तरगतका पुलु र मांग्री स्वास्थ्य चौकि का स्वास्थ्य संस्थाका कर्मचारीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु, सामुदायिक स्वास्थ्य इकाई र गाउँघर क्लिनिक का कर्मचारीहरु लाई काम गर्न सहज होस भन्ने उद्देश्यले स्वास्थ्य चौकि इन्चार्जहरु लाई २,००० थान सर्जिकल मास्क वितरण गरिएको अध्क्षय मल्लको भनाई छ ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक ख्यामराज लामिछाने लगायतकाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस