आज: २०८१ चैत्र ८, शनिबार
ePaper
होमपेज /  Breaking News

छायाँनाथ रारा नगरपालिकाले बनायो सालिम खोलामा काठेपुल

  • रारा रैबार
  • २०७७ भाद्र ९, मंगलबार मा प्रकाशित
  • ६२९ पटक पढिएको
  • रारा रैवार संवाददाता
    भाद्र ९ मुगु

    मुगु । ‘काठे पुल नहुँदा खोला तर्नै सास्ती’ भन्ने नागरिकको गुनासो आएको एक हप्ताभित्रै सालिम खोलामा पुल बनेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका– १० सालिम खोलामा पुल नहुँदा स्थानीय नागरिकले आवातजावतमा सधैँ सास्ती भोग्नुपरेको भन्ने गुनासो आएको केही दिनमा नै छायाँनाथ रारा नगरपालिकाको सहयोगमा तत्कालको लागि आवतजावतमा सहजका लागि पुल बनाएको हो ।

    २ लाखको लागतमा पुल बनाएपछि आवतजावतमा राहत भएको स्थानीय बताउँछन् । गमगमढी नाग्चा लाग्न सडक अन्तरगत सालिम खोलामा पुल नहुदाँ स्थानीय नागरिक खुट्टा दुखाउँदै खोला तर्न बाध्य भएको चौतर्फी गुनासो आईरहेका बेला स्थानीय निकाय नजिकको सरकार भएकाले तत्काल आवतजावतमा सहजताका लागि छायाँनाथ रारा नगरपालिकाको सहयोगमा पुल निमार्ण गरेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए ।

    उनका अनुसार गमगढी नाक्चालाग्न सडकमा सडक डिभिजन कार्यलयले सडक निर्माणको जिम्मा लिईरहेको छ । बर्सेनी उक्त खोलाको समस्या बल्झिने गरेको भएपनि सडक डिभिजन कार्यलय मौन रहेको छ । तत्कालको समस्या समधानका लागि स्थानीय नागरिकको समस्या समधानका गर्न यस नगरपालिकाले काठेपुल बनाई आवतजावतमा सहजता ल्याईदिएको नगरप्रमुख शाहीले बताए ।

    उक्त खोलामा हिउँदमा पानी घटेर बाटो सहज भए पनि बर्खामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोरदोहोर गर्न बाधा पुग्ने गरेकोले जोखिमपूर्ण यात्रा खोला तर्ने गरेका नागरिकलाई काठेपुल बनेपछि राहात भएको स्थानीय नागरिक बताउँछन् ।

    मुगुको बाटो आफैंमा कठिन छ । त्यसमा पनि ठाउँ–ठाउँमा भएका खहरे खोलामा पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको हो ।

    बर्खामा पानि धेरै पर्ने र खोलामा बाढी आउने हुनाले सालिम खोला तरेर गमगढी आउने र गमगढीबाट घर जाने तथा मुगुमकामारोगं गाउँपालिका जाने नागरिकले दिनैपिच्छे खोलाको किनारमा पुग्दा झस्किने गरेका थिए । नगरपालिकाकाले नागरिको समस्यालाई तत्काल समधान गरी पुल बनाए निमार्ण गरेसँगै मुगुम कामरोगं गाउँपालिकाका स्थानीय र नगरपालिकाको वडा नं। १०, ११, १२ का नागरिकलाई राहत भएको स्थानीय गोबि बुढाले बताए ।

    प्रतिक्रिया दिनुहोस