रारारैवार संवाददाता
भाद्र १० मुगु
छायाँनाथ रारा नगरपालिका १ रारा लेकसाईड स्र्पोट्स युवा कल्बका युवा सामजिक क्षेत्रको काममा निरन्तर खटिएका छन । सामजिक क्षेत्रमा परेको अप्ठारो लाई सहज बनाउन युवाहरु निरन्तररुपमा सामाजिक क्षेत्रको काममा लागि परेका हुन ।
१० जना युवाहरु काठे साघुँ निमार्ण देखि ,अवरुद्ध बाटो खुलाउनमा निरन्तर नि स्वार्थ र स्वस्फुर्त रुपमा काम गरी सामाजिक क्षेत्रमा योगदान दिदै आएका छन ।छायाँनाथ रारा नगरपालिका वडा नं १ अल्का साघुँमा साघुँ नहुदा खोला तर्नै सास्ति भएको नागरिक स्तर बाट गुनासो आए पछी रारा लेक साईड स्र्पोट्स क्लबका युवाहरुले अल्का साघुँमा काठको साघुँ निमार्ण गरि तत्कालको लागि आवतजावतमा सहज तुल्याएका छन ।
गमगमढी नाग्चा लाग्न सडक अन्तरगत अल्का साघुँमा बर्षौ देखि पुल नहुदाँ स्थानीय नागरिक खुट्टा पिडाउदै खोला तर्न बाध्य भएका चौतफि गुनासो आईरहेका बेला रारा लेक साईड स्र्पोट युवा कल्बले तत्काल आवतजावतमा सहजताका लागी निस्वार्थ र स्वस्फुर्त रुपमा साघुँ निर्माण गरेका रारा लेकसाईड स्र्पोट्स युवा क्लबका कोषअध्यक्ष दिपेश मल्लले बताए । उनका अनुसार पुल बनाएपछि आवतजावतमा नागरिकलाई राहत भएको छ ।
अल्का साघुँमा खोलामा हिउँदमा खोला घटेर बाटो सहज भए पनि बर्खामा खोलामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोरदोहोर गर्न बाधा पुग्ने गरेको र जोखिम पूर्णयात्रा गरेर खोला तर्ने गरेका नागरिक लाई युवाले काठे साघुँ निमार्ण गरे पछि आवतजावतमा राहात भएको स्थानीय नागरिक बताउछन ।
साघुँ बनेपछि गमगढी आउने र गमगढीबाट घर जाने तथा मुगुम कामरोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०,११,१२ का नागरिक लाई राहत भएको स्थानीय रत्न सेजुवालले बताए ।
यसै बिच रारा लेक साईड स्र्पोट्स क्लबका युवाहरुले गमगढी आउने मुल बाटो छायाँनाथ रारा नगरपालिका २ चैन खोलामा बर्षाले पहिरो गई अवरोध भएको बाटो पनि खुलाएका छन । एक साता देखि अवरुध भएको बाटो मंगलबार लेक साईडका युवाले पहिरो पन्छाई बाटो खुलाए संगै गमगढी बजार आवतजावत गर्नर पशुवस्तु लाई ओहोरदोहोर गर्न सजिलो भएको छ ।
प्रतिक्रिया दिनुहोस