मुगु हिमाली जिल्ला मुगुमा पहिलो पटक माटो परिक्षण गरेर भौतिक संरचना निमार्ण हुदै छन । छायाँनाथ रारा नगरपालिकाले प्रशासकिय भवन र कर्भड हल तथा सभाहल लगायत भौतिक संरचनाको डि पि आर लगायत माटो परिक्षण गरेर भौतिक संरचना निमार्ण गर्न लागेको हो ।
नगरपालिकाले प्रशासकिय भवन निमार्ण लगायत भौतिक संरचना निमार्णको लागी र्मोड्न कर्णाली ईन्जिनियरिङ तथा बिकास परामर्श प्रणालि संगकोे सहकार्यमा डि पि आर तयार पारि माटो परिक्षण गरिरहेको र सोमबार देखि माटो परिक्षण भईरहेको छ ।
भवन तथा सभाहल ,कर्भड हल निमार्ण गर्नु पुर्व भौतिक संरचना निमार्ण हुने स्थानको भौगोलिक अवस्थाका बारेमा जानकारी लिन डि पि आर अन्तरगत माटो परिक्षण गरिएको छ ।
सदरमुकाम गमगढी बजारको तल्लो रोड नजिकै बन्न लागेका भौतिक संरचना निमार्ण हुन लागेका स्थानको भुगोल, जग्गा भिरालो तथा तल खोला भएकाले माटो परिक्षण नगराई भौतिक संरचना निमार्ण गर्दा निकट भविष्यमा समस्या उत्पन हुने भन्दै भौगोलिक क्षेत्रको डि पि आर लगायत अन्य काम गरीनुका साथै माटो परिक्षण गरीएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
छायाँनाथ रारा नगरपालिकाको प्रशासकिय भवन तिन तल्लाको बन्दै छ । सभाहल तथा कर्भड हलपनि बन्दै छन । भवन निमार्ण मापदण्ड २०७२ अनुसार तिन तल्ला भन्दा माथिका भौतिक संरचना निमार्ण गर्दा अनिवार्य माटो परिक्षण गरिनुपर्ने उल्लेख भएपनि त्यसको पालाना काँहि कत्तै भएको पाईदैन ।
तर छायाँनाथ रारा नगरपालिकाले मुगु जिल्लाको ईतिहासमा पहिलो पटक भौतिक संरचना निमार्ण गर्नु पुर्व डि पि आर गरि माटो परिक्षण गरेकोे नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार भवन निमार्ण मापदण्ड २०७२ जारी भएको छ । तर पालाना भएको छैन त्यसैले नगरपालिकाले त्यसको शुरुवात पनि गरेको र डि पि आर गराई माटो परिक्षण गर्दा भवन बलियो हुने नगर प्रमुख शाहीको भनाई छ । माटो परिक्षणको रिर्पोटको आधारमा भवन लगाय अन्य भौतिक संरचना निमाण गरिने छन । नगरपालिकाले ५ करोड ५० लाखमा प्रशासकिय भवन र ८ करोडमा कर्भड हल तथा सभा हल निमार्ण गर्ने नगर प्रमुख शाहीको भनाई छ ।
यता लामो समय देखि ईन्जिनियर पेशामा संलग्न रहेका ईन्जिनियर विक्रम बहादुर शाहीका अनुसार माटो परिक्षण विनै मुगुमा भवन लगाउने चलन छ । भवन निमार्ण मापदण्डमा स्पस्ट भएको भएपनि त्यस्को सरोकारवाला निकायलेनै वेवास्ता गरेका छन । निजी घरधनिले पनि र सरकारी भवन निमार्ण गर्दा अर्निवाय माटो परिक्षण गनुपर्ने भएपनि त्यो नगरेका शाहीले बताए ।
पहिलो पटक छायाँनाथ रार नगरपालिकाले भौतिक संरचना निमार्ण गर्नु पुर्व डि पि आर लगायत माटो परिक्षण गरेको छ ।
यो तत्कालका लागि भन्दा पनि निकट भविष्यमा बलियो संरचना निमार्णका लागी गरेको शुरुवात स्वागत योग्य छ ।यस्ता सिकाई अरु सरोकारवाला निकाय निजि घर बनाउने ब्यत्तिले थाहापाई राख्न जरुरी रहेको शाहीको भनाई छ । डि पि आर लगायत माटो परिक्षण गर्दा तत्काल भन्दा निकट भविष्यको लागी राम्रो हुन्छ । माटो परिक्षण गर्दा त्यस क्षेत्रको भौगोलक अवस्थाका बारेमा जानकारी लिन र भौतिक संरचना निमार्ण गर्दा सजिलो हुने प्राविधिक हरु बताउछन ।
प्रतिक्रिया दिनुहोस