आज: २०८१ आश्विन २२, मंगलबार
ePaper
होमपेज /  Breaking News

स्व हिरादेवि स्मृति अक्षय कोषको स्थापाना गरी बिद्यार्थीलाई सहयोग

  • रारा रैबार
  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित
  • ९९६ पटक पढिएको
  • रारारैवार संवाददाता
    असोज २६ मुगु
    छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँकी स्वगिय हिरादेवि रोकायाको नाममा हिरादेवि स्मृति अक्षय कोषको स्थापाना गरी बिद्यार्थीलाई सहयोग गरिने भएको छ । समाजसेवि प्रेम रोकायाकी धर्मपत्नी स्वर्गीय हिरा रोकायाको गहेको बर्ष निधन भएको थियो ।

    स्वर्गीय रोकायाको सम्झनामा नगरपालिका भित्रका पहिलो चरणमा ६ वटा बिद्यालयमा हिरादेवि स्मृति अक्षय कोषको स्थापाना गरि गरिब,दलित र जेहेन्द्रार बिद्यार्थिलाई पोत्साहन स्वरुप छात्रावृति सहयोग गरिने परिवार स्रोतले जानकारी दिईएको छ ।

    सोमबार श्री मालिका आधारभुत बिद्यालय सेतीवडामा एक औपचारीक कार्यक्रमको आयोजना गरी स्व हिरा देवि रोकायाको सम्झनामा नगरपालिका भित्रका ६ बिद्यालयमा अध्यन्नरत गरिब ,दलित तथा जेहेन्द्र बिद्यार्थिलाई छात्रावृति स्वरुप सहयोग गर्ने स्वगिय हिरादेवि रोकायाका जेठाजु रामभत्त रोकायाले जानकारी दिए ।

    उनका अनुसार बुहारीको सम्झनामा ५ लाख हिरादेवि स्मृति अक्षय कोषको स्थापाना गरी दलित ,गरिब र जेहेन्द्रार बिद्यार्थीलाई छात्रावृत्ति रकम सहयोग गर्ने घरायसि निर्णय अनुसार कार्यक्रम अगाडी बढाईएको रोकायाले बताए ।

    सोमबार श्री मालिका आधारभुत बिद्यालय सेतीवडामा लाई ७० हजार ९ सय रकम सहयोग गरिएको र बाँकी रकम यस्तै नगरिपालिका भित्रका नेपाल राष्टिय आधारभुत बिद्यालय कार्कीवाडा , प्रकाश मा वि लुम माहाकाली मा वि गमगढी कर्णाली मावि टोप्ला र प्रभात मा वि रोवामा अध्यन्नतरत गरिब ,दलित, जेहेन्दर बिद्यार्थीको लागि कोष खडा गरिने जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस