आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

भष्टचार बिरुद्ध काग्रेसको को खबरदारी शुरु

  • रारा रैबार
  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित
  • ७७९ पटक पढिएको
  • रारा रैवार संवाददाता
    असोज २७ मुगु
    नेपाली काग्रेस मुगुले भष्टाचार विरुद्ध खबरदारी गर्ने जनाएको छ । खबरदारी कार्यक्रम अन्तरगत आज जिल्ला प्रशासन कार्यालय मुगुलाई लाई ज्ञापन पत्र बुझाएको हो । मुगुमा संघ, प्रदेश , तथा स्थानीयतह बाट संचालित हरेक विकास निर्माणका कार्यहरुमा भष्टचार भएको जनगुनासो आएकाले काग्रेसले भष्टचार बिरुद्ध खबरदारी अभियान गर्ने जनाएको छ ।

    मंगलबार अभियान अन्तरगत पहिलो पटक जिल्ला प्रशासन कार्यलयलाई ध्यानआर्कषण सहितको ज्ञापनपत्र बुझाईएको नेपाली काग्रेश मुगुका पवक्ता लोकेन्द्र बहादुर शाहीले बताए । मुगुमा योजनाका काम नगरी खाने प्रवृति भएको र धेरै योजनाको काम नगरी रकम हिनामिना गर्ने गरेका, योजना अपारदर्शि , गुणस्तरहिन कार्यले गर्दा बालुवामा पानी हाले सरह भएकाले नेपाली काग्रेस मुगुले भष्टचार विरुद्ध खबरदारी गरी भष्टचारी लाई कार्वहिगर्न सम्बन्धित निकायलाई घच्घचाउने नेपाली काग्रेश मुगुले जनाएको छ ।

    यस्तै भ्रष्टाचार अनियमितताको कहाली लाग्दो भयाभह अवस्था लाई नियन्त्रण गर्दे वित्तिय अनुशासन कायम गर्न समुन्नत समाज र समृद्ध मुलुक निर्माण गर्ने उद्देश्यका साथ स्थापित विभिन्न निकायहरुको औचित्य पुष्टिको माग गर्दे व्यापक जनगुनासा व्याप्त रुपमा ध्यानाकर्षण भएको स्मरण गराउदै छायानाथ रारा नगरपालिका वडा नं १४ बाम अन्तर्गत चंखेलि हिमाल देखि दुधेताल सातदह सम्मको पर्यटकिय सडक निर्माणका लागि २८ लाख ८० हजार र त्यस्तै नगरपालिकाको वडा नं ७ टोप्लामा टुजेमि देखि बाबुकाँध सम्म पर्यटन सडक निर्माण रु ३८ लाख ४० हजार योजनमा व्यापक अनियमितता भएको उजिरु अख्तियार को जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयमा दर्ता हुदाँ पनि कुन पनि सुनुवाई नभएको नेपाली काग्रेस मुगुका पाटी सभापति खड्क बहादुर शाहीले बताए ।

    उनका अनुसार जिल्ला अधिकारी समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी ज्यु समक्ष दिदा पनि कारवाहिको कुनै पनि प्रक्रिया अगाडी नबढेको र उल्टै उजुरी कर्ता जनतालाई जवाफ देहि सरकारका विरुद्ध हुने गरि अर्मयादित , अशिष्ट र धम्कि पुर्ण व्यवहार बाट नेपाली काग्रेस जिल्ला कार्य समिति चकित परेको सभापती शाहीले बताए ।
    जनउत्तरदायि जवाफदेहि रकर्तव्य निष्ठ सरकारको अनुभुति गराउदै बिकाल रुपमा फैलिदै गएको अनियमितता भ्रष्टचार नियन्त्रणका लागि परेका उजुरीहरु माथि तत्काल कारवाहिको प्रक्रिया अगाडी बढाई कडा कदम चाल्न नेपाली काग्रेस जिल्ला कार्य समिति मुगुले जोडदार माग गरेको छ । साथै उक्त कार्यालयमा पर्न गएका सम्पुर्ण उजुरी माथि सत्य तथ्य छानबिन गरि कारबाहीको प्रक्रिया अगाडी नबढाईएमा चरण बद्ध तरिकाले आन्दोलन गर्ने चेतावनि समेत दिएको छ ।
    यता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाका अनुसार हाल सम्म कार्यालयमा जति मुद्धा उजुरी आएका छन् , उनीहरुको कार्वाहीको प्रक्रिया अगाडी बढि रहेको र कोभिड १९ ले गर्दा कतिपय मुद्धा उजुरीहरुको काम हुन नसकेको जानकारी गराउनु भयो ।

    प्रतिक्रिया दिनुहोस