रारा रैवार संवाददाता
कात्तिक ५ मुगु
कर्णाली प्रदेको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारामा सरसफाई गरिएको छ बिश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९)का कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिन देखी आन्तरिक पर्यटकको चहलपहल बढे् संगै राराको सौन्र्दयता बचाई राख्न नेपाली सेनाले राराताल क्षेत्रको वरपर सरसफाई गरेको हो ।
कोराना भार्ईरसका कारण ६ महिना देखि सुनसान रहेको रारामा पछिल्ला केहि दिन देखि पर्यटक आउन थालेपछि रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदल गुल्मको आयोजन र नेपाली सेना २४ नम्बर बाहिनी अडडाको संयोजनमा बुधबार रारा ताल क्षेत्र वरपर सरसफाई गरिएको नेपाली सेना श्रीदल गुल्म रारा हुटुले जनाएको छ ।
यो समय रारा घुम्नका लागी उपयुक्त समय मानिन्छ तर कोराना भाईरसका काररण अघिल्ला बर्षहरुमा दशै तिहारको बिदाको समयमा रारा आउनेहरुको संख्या दिनहु सयौ हुन्थ्यो । यो बर्ष कोरोनाका कारण चैत्र देखि रारा क्षेत्र सुनसान छ ।
केही दिन यता आन्तरिक पर्यटकहरुको चहलपहल देखिन थालेपछी राराको सौन्र्दयता बचाईराख्न र राराताल क्षेत्र वरपर फोहोर हुन नदिन नेपाली सेना संगको समन्वयमा त्यस क्षेत्रका होटल एवं पर्यटन ब्यवसाहीहरुले रारा क्षेत्रको फोहोर संकलन गरी सरसफाईलाई निरन्तरता दिन थालेको नेपाली सेना श्रीदल गुल्मका गुल्मपति प्रतिक सिंग कार्कीले बताए ।
रारा ताल किनारमा फालिएका पलास्टि र शिसा जन्य बस्तु सहित होटल र कार्यालयबाट निस्केका फोहोर संकलन गर्न सेनाले अधिकृत स्तरका आफना सह र उप सेनानीको कमाण्डमा सेना र अन्य ब्यवसाहीलाई परिचालन गरर सरसफाई गरिएको छ । ताल वरपर रहेका शिशा र प्लाष्टिकजन्य फोहोर २ सय केजी भन्दा बढि संकलन गरी ब्यवस्थापन गरेको श्रीदल गुल्मका गुल्म पती कार्काीले बताए ।
प्रतिक्रिया दिनुहोस