आज: २०८१ कार्तिक २८, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगाली साहित्यकार को रचना बाचन काठमाडौमा

  • रारा रैबार
  • २०७७ माघ २१, बुधबार मा प्रकाशित
  • ११८३ पटक पढिएको
  • रारा रैवार संवाददाता
    माघ २१ मुगु
    भाषा साहित्य कला सस्कृतिको उथान रारा साहित्य प्रतिष्ठानको मुल अभियान भन्ने मुल नाराका साथ रारा साहित्य प्रतिष्ठान मुगुको आयोजनमा काठमाडौमा रचना वाचन कार्यक्रम हुदैछ । हेभन रारा गजल साँझको चौथो श्रृङखला अन्तरगत मुगुका साहित्यकारले आगामी माघ २४ गते काठमाडौमा रचना वाचान कार्यक्रम गर्ने भएका हुन ।
    विगत केहि बर्ष देखि रारा साहित्य प्रतिष्ठानले काठमाडौंमा साहित्यिक कार्यक्रमहरु गर्दै आएका र यो बर्षपनि माघ २४ गते मुगाली साहित्यिकारले काठमाडौंमा साहित्यिक कार्यक्रम अन्तरगत रचना वाचन गर्ने जनाईएको छ ।
    मुगु बाट पढाइ को सिलसिलामा काठमाडौ पुगेका मुगुका साहित्यिक मनहरुले यस अघिका बर्षहरमा पनी संयुक्त रचना वाचन वर्षमा एकचोटि गर्दै आएका थिय । कोराना भाईरस (कोभिड १९) ले बन्द हुन गहेको कार्यक्रम कोरानको त्रास कम भई बन्दाबन्दी खुलेकाले कार्यक्रम गर्न लागेको रारा साहित्य प्रतिष्ठानका अध्यक्ष दलु बुढाले जानकारी दिए । उनले भने मुगुका साहित्यकारले काठमाडौमा छुट्टै आफ्नो पहिचान बनाएका छन ।

    रारा भन्ने बित्तिकौ मुगु रारा ताल सम्झिन्छन जहाँ स्वर्ग भन्दा नि प्यारो ठाउँ छ । त्यही ठाउँ बाट कला सस्ँकृति र साहित्यको उत्थान गर्नका लागि मुगुका केही साहित्यकार युवाहरु एकजुट भएर कार्यक्रम गर्न लागेको अध्यक्ष बुढाले बताए ।
    रारा साहित्य प्रतिष्ठानले यस अघि ढुकढुकी गजल साँझ नाम दिई कार्यक्रम सञ्चालन गरेको र यस कार्यक्रम लाई परिमार्जित गर्दै यो बर्ष बाट ‘हेभन रारा गजल साँझ’ भाग ४ नामक साहित्यक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम माघ २४ गते शनिवार काठमाडौंको दरबार मार्ग सेतो ढोका भित्र पट्टि रहेको रोएल थकाली रेस्टुरेन्ट बार एण्ड लजमा गर्ने तय गरिएको छ ।
    कला साहित्य र संस्कृतीको जगेर्ना संगै साहित्य मार्फत रारा र स्रास्टाका रचनालाई देश बिदेश सम्म पुर्र्याउने रारा साहित्य प्रतिष्ठानको अभियान निरन्तर हुने प्रतिष्ठानका सल्लाहकार हिक्मत शाही क्षितिजले बताए । “हेभन रारा गजल साँझमा“ हुने रचना वाचान कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ ।

    हेभन रारा गजल साँझको चौथो श्रृङखलाका वाचकहरु बिधा निर्दोश पहाडी, राम अबिरल बिष्ट, बशन्त वली बशन्ती, दुर्गा जोशी, अनुराग बम क्षेत्री र दिपेश समर्पण लगायतका गजलकारहरुले गजल बाचन गर्ने भएका छन ।

    प्रतिक्रिया दिनुहोस