काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्र कोटाबाट सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी भएका छन् ।
विजयी भएका बद्री पाण्डेले २४११ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले २१३३ मत ल्याएका छन् । नेपाली कांग्रेसको ८ सहमहामन्त्रीमध्ये हालसम्म ६ समहामन्त्रीको मतगणना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस