आज: २०८१ फागुन ४, आईतबार
ePaper
होमपेज /  Breaking News

नीतिगत सुधार र माटोपरिक्षण गरेर मात्रै योजना तयार पारिन्छ : मन्त्री शाही

  • रारा रैबार
  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित
  • ४९३ पटक पढिएको
  • s[lifdGqL zfxLsf] kbaxfnL s0ff{nL, #) sflQs . s0ff{nL k|b]z ;/sf/åf/f lgo’St e”ld Joj:yf, s[lif tyf ;xsf/LdGqL rGb|axfb’/ zfxLn] dªunaf/ kbaxfnL ub}{ . t:jL/ M z’/axfb’/ l;+x, /f;;

    मुगु : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीले अब कर्णाली प्रदेशका जिल्लामा नीतिगत सुधारमा जोड दिनुका साथै माटो परिक्षण गरेर मात्रै योजना तयार पार्ने बताएका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशका जिल्लामा विकासको नमुना परिर्वतन गरी नितिगत सुधारमा जोड दिनुपर्ने र कृषिको सम्भव्यता अध्ययन माटो परिक्षण गरेर मात्रै योजना तयार पार्ने बताएका हुन् ।

    उनले विगतका वर्षमा नीतिको कार्यन्वयन नगरिएको, सम्भाव्यता अध्ययन, माटो परिक्षण विनै हचुवाको भरमा योजना तय गर्दा कृषि क्षेत्रको विकासले गति नलिएको र कुन ठाउँमा के उत्पादन हुन्छ थाहानै नपाई बजेट जाने र त्यो बजेटको सदुपयोग भन्दा बढी दुरुपयोग भएको पाईएको बताए । सम्भावना नै सम्भावानाको भएको र बिभिन्न किसिमको हावापानी भएको कर्णली प्रदशेमा विगतमा नीतिगत रुपमा खासै नभएको र माटो परिक्षणविनै हचुवाका भरमा कृषिक्षेत्रमा लगानी गर्दा ‘लाडु लाडु फुईखाजा’ भने जस्तै भएको उनले बताए ।

    बिहिबार गृहजिल्ला मुगुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री शाहीले भने, ‘अध्यादेशबाट बजेट आईसकेको छ । अब म कृषि मन्त्रालयमा केहि समय रहे भने त्यो कृषि क्षेत्रको बजेटलाई नीतिगतरुपमा लागु गरेर त्यो लाभग्राही कुईरो मुनिको गोठालो, त्यो कुईरो मुनिको कृषकको हातमा प्रत्यक्ष लाभ कसरी पुर्याउन सकिन्छ भनेर त्यसैअनुरुप अगाडि बढ्ने छु । यो भन्दा अगाडी निति हुनेखानेको पक्षमा रहेको र कृषिकाक्षेत्रका कार्यक्रम सिचाई, बालीनाली संरक्षण ब्याज अनुदान, पकेट क्षेत्रकाहरुका कार्यक्रम जनताको माझमा पुग्न नसकेर, बिचौलियाको माझमा पुगेकाले नागरिकहरुमा असन्तुष्टी छाएको अवस्था छ ।’ अब त्यस्तो हुन नदिने मन्त्री शाहीले बताए ।

    हरेक योजनामा नीतिगत सुधार ल्याई कृषि क्षेत्रको आवश्यकतालाई मध्यनजर गरेर सम्भावनाको खोजी गरी सम्भाव्यता अध्ययन, गरेर मात्रै योजनाको तय गर्ने र बजेट आईसकेकाले आवश्यकताको आधारमा बजेट रकमान्तर गरेर भएपनि योजाना कृषिमुखी तथा जनमुखी बनाई काम गर्ने उनले बताए । उनले भने, ‘कर्णाली प्रदेशका जिल्लामा कुन जिल्लामा कुन ठाउँमा के उत्पादन बढी हुन्छ सम्भाब्यता अध्यनन,माटो परिक्षण गरेरमात्रै त्यस ठाउमाँ उत्पादित हुने उपयुक्त बालीको योजना तयार पार्ने र हरेक पालिकामा माटो परिक्षणका लागि माटो परिक्षण प्रयोगशाला स्थापाना गर्ने तयारी भएको र ब्याबसायी कृषिमा जोड्दिने छौं ।’

    माटो परिक्षण गरेर मात्रै त्यस ठाउँमा उपयुक्त हुने बाली कि बिरुवा त्यसै अनुरुप कृषि क्षेत्रमा लगानी गरिने उनले बताए । उनले भने, ‘हुन्थ्यो र भन्थेका आधारमा कृषि क्षेत्रमा लगानी हुदाँ सोचे अनुरुप उत्पादन नभई परनिर्भर हुनु परेको अवस्था छ । यहाँ स्याउ, सुन्ताला, कोदो,आलु फापरलगायत अन्य बालि एकै ठाउँमा लगाउने प्रवृत्ति छ । अब त्यस्तो हुनुहुदैन हावा पानि सुहाँउदो ठाउँमा माटो परिक्षण गरेर सुहाउदो बालि कि विरुवा लगाईने र पकेट क्षेत्र निर्धारणका आधारमा व्यवसायिक कृषिमा जोड् दिई त्यसै अनुरुप लगानी गरेर कर्णाली प्रदेश लाई आत्मनिर्भर बनाउन तर्फ लागौं ।’

    प्रतिक्रिया दिनुहोस