आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

समाजसेवि अक्कल बोहोराबाट कोदो पिस्ने मिल हस्तान्तण

  • रारा रैबार
  • २०७८ पौष १६, शुक्रबार मा प्रकाशित
  • ५९७ पटक पढिएको
  • रवी हमाल
    मुगु :  मुगु जिल्लाको छायानाथ रारा नगर पालिका वडा नं. १३ रुगा गाउमा समाजसेवी अक्कल बोहोराले कोदो पिस्ने मिल समुदायलाइ हस्तारण गरेका छन । मिल पाएपछि समुदायका मानिस हर्षित भएका छन् । घण्टौ लगाएर कोदो पिस्न छायानाथ रारा नगरपलिका वडा नं. ४ को खोलामा रहेको गुमघट्टमा कोदो पिस्न जानुपर्ने बाध्यता थियो । कहिले राति पथ्र्यो कहिले वर्षादमा हिड्न प्रथ्यो । महिला मान्छेलाइ एक्लै जान डर हुन्थ्यो । गाउमै मिल पाएपछि आफु र समुदाय खुसी भएको स्थानिय हिरामति कामीले बताइन ।

    १६८ घर धुरी रहेको यस गाउमा हाम्रो दुख देखेर बोहोराले मिल उपलब्ध गराउदा अहिले सहज भएको छ । पढ्ने विद्यार्थि पनि समयमा नै स्कुल जान पाउने भएका छन् । आज सम्म स्थानिय तहका सरकारले गर्न नसकेको काम बोहोराले गरेका छन् । थोरै भएपनि दुख कम महसुश भएको स्थानिय दान बहादुर लाबडले बताए ।

    यो संगै आफुले मुगु जिल्लाका विभिन्न ठाउँमा विपत परेकालाई राहत वितरण गर्दै आएको विभिन्न गाउँमा बाटो निर्माण गरेको र यो मिलमा पनि कुनै व्यत्ति वा संस्थाहरुले सहयोग नगरेको आफ्नो निस्वार्थ भावनाले व्यक्तिगत लगानीमा समुदायलाई मिल उपलब्ध गराएको र अझ पनि गर्दै जाने समाज सेवी बोहोराले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस