आज: २०८१ अषाढ ३१, आईतबार
ePaper
होमपेज /  Breaking News

जिल्लाको फैसला उच्च अदालतले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर !

  • रारा रैबार
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित
  • १५३ पटक पढिएको
  • जेष्ठ २,    क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो ।गौशाला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

    उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस