गणेश खडका
मंसिर ९ रारारैवार संवाददाता
सोरुगाउँपालिका वडा नं ७ का तिन बस्ती ख्याल्च, सिरुपाटा र गोयालपानी गाउँका १ सय ७५ घरमा एक घर एक धारा निमार्ण भएपछी स्थानीय खुसी भएका छन । घरमै स्वच्छ पिउने पानी उपभोग गर्न पाउने र अब घण्टौ हिँडेर पानी बोक्नु पर्ने ति दुखका दिनको अन्त्य भएको र पानीजन्य रोगबाट मुक्त भएको भन्दै स्थानीय खुसी भएका हुन ।
विगतका दिनहरुमा खानेपानीको अभावमा खोलाको,कुवाको पानी खानु पर्ने बाध्यता थियो । खोलाको पानी उपभोग गर्दा पानीजन्यरोग बाट पिडित भएका थियौ । अब घरघरमा खाानेपानीका धारा निमार्ण भएकाछन खानेपानीको समस्या अन्तय हुनेमा आशाबादी रहेका स्थानीय राजकला बुढाले बताईन ।
सधैँ पानी लिन घरबाट आधा घण्टा हिँडेर पानीको जोहो गदै उमेर ढल्किएकी ख्याल्च गाउँकी चैती बुढा घरमै पानी आएपछि दंग छिन् । बुढाका अनुसार विगतका दिनमा घण्टौँ हिँडेर पानी बोक्नु पर्ने बाध्यता थियो । उनले अहिले घर घरमा धारा आएपछि पानी बोक्नु नपरेको बताइन् ।पुस्तौँदेखि गाउँबाट टाढा रहेका खोलाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीको धारा घर नजिक पाएपछि दंग छन् । घरघरमा धारा निर्माण भएपछि सबैभन्दा सहज गृहिणीहरूलाई भएको बुढाले बताईन ।
सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पुहुँचमा ल्याउने संकल्प गरेको छ । सोहि सकल्प लाई सार्थकता तुल्याउन मुगुको सोरु गाउँपालिकामा विभिन्न वडा बस्तीमा सहयोगी संघ संस्थासँगको समन्वयमा एक घर एक धारा निमार्ण अभियान थालिएको छ । खानेपानीको समस्या संग पौठेजोरी खेल्दै आएका नागरिक लाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन सोरुगाउँपालिकामा घर घरमा खानेपानीका धारा निमार्ण गर्ने अभियान थालिएको छ ।
सोरुगाउँपालिकाको समन्वयमा ब्याक टु लाईफको आर्थिक सहयोग, कर्णाली सामुदायिक बिकास केन्द्र केसीडिसीको प्राविधिकसहयोगमा सोरुगाउँपालिकामा विभिन्न बस्तीमा खानेपानी,स्वास्थ्य, शिक्षा लगायत बिभिन्न क्षेत्रमा काम गर्ने छौ । अहिले वडा नं ७ का गाउँबस्ती ख्याल्चमा ७५ धारा सिरुपाटामा २२ धारा र गयलपानिमा ३८ धारा गरी १ सय ३५ घरमा धारा निर्माण भएका छन् । खानेपानीको सहज पहुँच सँगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) मुगुका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरिजङ्ग शाहीले बताए ।
प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीको धारा निर्माण भएपछि सुरक्षित खानेपानी युक्त समुदाय निर्माण घोषणको लक्ष लिइएको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । उनका अनुसार सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने संकल्प गरेको छ । सोही संकल्प लाई सार्थकता तुल्याउन सोरु गाउँपालिकाले विभिन्न सङ्घ संस्थासँग समन्वय गरी एक घर एक धारा निर्माण अभियान थालेको शाहीले बताए ।
सोरुगाउँपालिकाको समन्वयमा ब्याक टु लाईफ ईभि जर्मनीको सहयोगमा र कर्णाली सामुदायिक बिकास केन्द्र (केसिडिसी ) मुगुको प्राविधिक सहयोगमा सोरुगाउँपालिका वडा नं ७ का ३ बस्ती सिरुपाटामा ३२ लाख ८७ हजार ७ सय ६७ ,ख्याल्चामा २६ लाख ४५ हजार ५ सय ८९ र गोयलपानीमा ४८ लाख ८६ हजार ९ सय ३४ र गरी १ करोड ८ लाख २० हजार २ सय ९० रुपैया लागतमा १ सय ३५ घरमा खानेपानीका धारा निमाण भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस