आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

हिउँले सिँगारिएकी स्वर्गकी अप्सरा रारा

  • रारा रैबार
  • २०८१ माघ ४, शुक्रबार मा प्रकाशित
  • ३६ पटक पढिएको
  • माघ ४ मुगु
    कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भेगमा बिहीबार दिनभर हिमपात भएको छ । हिमपातले समुद्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले सेताम्य भएको छ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य यतिबेला रारा हिउँले चाँदीझै टलक्क टल्किएको छ । रारा वरवर २ फिटसम्म हिउँ जमेको छ । रारा वरिपरिका रूखरविरुवा पनि हिउँले सेताम्य भएका छन् ।
    रुखहरु हिउँले ढाकिएका छन् । यति बेला रारा हिउँले मनमोहक देखिएको छायाँनाथ रारा नगरपालिका ४ का दिलिप भामले बताए । उनी पनि रारा हिउँ खोल्न पुगेका हुन । हिमपातले यतिबेला रारा सेताम्मे बन्नुका साथै चाँदी झैं टल्किएको छ ।
    रारामा गहेर हिउँ खेल्ने र रारामा लुकामारी गर्न पर्यटक चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ । रारा माथि मुर्माटपसम्म पुगेर रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने छ ।
    मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाई छ ।
    राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीनपटक रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् । यति बेला रारा हिउँले सेताम्य मात्रै होइन रारा मनमोहक देखिनुका साचै चाँदी झैं टल्किएको रारा घुम्न आएका रोशन बहादुर शाहाले बताए ।
    रारा ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ । रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन्। कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिँदै आएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस