रारारैवार संवाददाता
भाद्र २ मुगु
मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपाल कै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकिय मार्ग निमार्णको कार्यलाई तिव्रता दिईएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ९ मा रहेको नेपाल कै ठुलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमान स्थलसम्म ९ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म ३ किमी भएर १२ किमी पार गरेर जानुपथ्यो नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुदै पासा हाल्नसम्मको ७ किमी दुरी छोटो हुने मार्ग निमार्णलाई तिव्रता दिएको हो ।
पर्यटकहरु कणाली राजमार्ग भएर रारा आउने र दुरी टाढा हुदा सदरमुकाम गमगढी नझरेर फकर्ने गदै आएका छन सदरमुकामको सिरानमा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि त्यसको फाईदा सदरमुकामबासीले लिन सकेको छैनन । अब सदरमुकामबाटै छोटो दुरीको पर्यटकिय मार्र्ग निमार्ण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाईय पर्यटकहरु जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन ।
रारा देश कै प्रमुख पर्यटकिय स्थल भएर पनि यहाँ खान,बस्नको भरपर्दो व्यवस्था नहुदा स्वर्गमा आएर बास,गासको समस्या भोग्नु परेको पर्यटकहरुले गुनासो गदै आएका थिए ।
सदरमुकामबाटै छोटो दुरीमा रारा पुग्ने पर्यटकिय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधा सम्पन्न होटेलहरुमा पर्यटकहरु बास बस्न,रारा घुमेर पुन बास बस्न सदरमुकाम मै आउन सक्नेछन । रारामा ताल बाहेक अन्य पर्यटककिय स्थलहरुको विकास र प्रचार प्रसार नहुदा पर्यटकहरु बसाई छोटाएर फर्कने गरेका थिए,सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर,छायाँनाथ,ऋणीमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनु का साथै रु १ मा अंकिल चंखेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकहरुको बसाई लम्विनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुको प्रचार प्रसार हुनेछ ।
यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जादा बाटोमा पर्ने तलितुम,सायाँखोला र माथीतुम गाँउहरुको ग्रामिण रहन,सहन,चाल,चलन,धर्म,संस्कृतिहरु देख्न पाईनेछ भने यो मार्गको निमार्णले ग्रामिण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ ।
रारा घुम्न आउने पर्यटकहरुलाई सदरमुकाम तर्फ तान्न र पर्यटकहरुलाई यहाँ रहेका रारा बाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलहरुमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उदेश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकिय मार्ग निमार्ण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनु भयो ।
गत आर्थिक बर्षमा नगरपालिकाले यो मार्ग निमार्णका लागी ५९ लाख रकम विनियोजन गरेको थियो भने यो बर्ष पनि यो मार्गलाई निरन्तरता दिई निमार्णका लागी बजेट छुटाएको छ ।
सोमबार नगरप्रमुख हरिजंग शाही,पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल,वडानं २ का वडा अध्यक्ष परेकराज चौलागाई,समाजसेवीहरु देविकृष्ण रावल,नवराज चौलागाई सहितको टोलीले यो मार्गको निमार्ण कार्यप्रगतीको स्थलगत अनुगमन गरेको छ ।
स्थलगत अनुगमन गर्दा काम सन्तोष जनक पाईएको र चालु आवमा सम्पन्न हुनेगरि कामको रप्तार बढाउन निमार्ण उपभोक्ता समितीलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनु भयो ।
उहाँले भन्नुभयो चालु आर्थिक बर्ष मै यो मार्ग सम्पन्न भएर भएर बैशाखबाट नै रारा जान प्रयोगमा आउछ । यो मार्ग निमार्णका लागी पटक पटक विभिन्न फोरमहरुमा कुरा उठाएको बल्ल नगरपालिकाबाट सदरमुकामबासीहरुको सपना पुरा हुन लागैको र यो मार्ग संचालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसायहरु फस्टाउने छ ।
यो पर्यटकिय मार्ग निमार्णका लागी छायाँनाथ रारा नगरपालिकाले आर्थिक बर्ष ०७४÷०७५ मा ५ लाख,०७५÷०७६मा २० लाख र गत आंःबमा ५० लाख छुटाएर खर्च गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस