आज: २०८२ जेष्ठ १०, शुक्रबार
ePaper
होमपेज /  समाचार

सभापतिमा आफैंलाई भोट हाल्दा आनन्द महसुस भएको छ निधि

  • रारा रैबार
  • २०७८ मंसिर २७, सोमबार मा प्रकाशित
  • २९५ पटक पढिएको
  • थाहा संवाददाता,

    काठमाडौ : नेपाली कांग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफैंलाई सभापति पदमा भोट हाल्न पाउँदा आनन्द महसुस भएको बताएका छन् ।

    यसअघिका महाधिवेशनमा अरूलाई जिताउन मतदान गरियो। यसपाली आफैंलाई जिताउन मिहिनेत गरेको छुु, मतदानपछि संक्षिप्त कुरा गर्दै उनले भने। करिब ५० मिनेट लगाएर मतदान गरेर निस्किएका निधिले चुनावमा आफैंले जित्ने दाबी पनि गरे।

    निधिले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए। यसपटक भने उनले दोस्रो चरणमा सभापति छानिने अवस्था आए आफू देउवा इतर पक्षमा उभिने घोषणा गरिसकेका छन्।

    कांग्रेस सभापतिमा ५ जना उम्मेदवार चुनावी मैदानमा छन्। कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनस् प्रतिष्पर्धा हुनेछ।

    प्रतिक्रिया दिनुहोस