आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

हिलाम्ये सडकले सास्ती (फोटो फिचर )

  • रारा रैबार
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित
  • ७७९ पटक पढिएको
  • रारारैवार संवाददाता
    असार ३१ मुगु
    हिलाम्य सडकले गर्दा सवारी चालकलाई सास्ती उत्पन्न भएको छ ।बर्षात सुरुभएपछि गमगढी नाग्मा सडकको बिभिन्न स्थान हिलाम्य हुदा जिप, बस, मालबाहक ट्रक, मोटर साइकललाई आउजाउ गर्न सास्ती हुन थालेको छ ।

    गमगढी बजार देखि ताल्चा बिमानस्थलको ९ किलोमिटर सडक हिलाम्य हुदा सवारी साधनलाई आउजाउ गर्न मुश्किल हुन थालेको छ ।जिप गाडी हिलो फस्दा निकाल्न सास्ती हुने गाडी चालक प्रमिस महर्जनले बताए ।

     हिलाम्य सडकले गर्दा सुर्खेत देखि गमगढी पुग्न १२ दिन लाग्ने उनको भनाई छ । गमगढी देखि ताल्चा सम्मको सडक खण्ड फराकिलो बनाउन सडक डिभिजन कार्यालयले डोजर लगाएर खन्दा झन हिलाम्य भएको छ ।

    जुम्ला सिजा क्षेत्रको सडक खण्डको अबस्था उस्तै छ । गमगढी नाग्मा सडक संचालनमा आएको सात बर्ष सम्म कालोपत्रे नहुँदा बर्षाको समयमा हिलाम्य हुने गरेको छ ।सुर्खेत नेपालगञ्ज देाि खाद्यन्न ब्यापारीको समान बिकास निर्माणका समाग्री ल्याएर आएका मालबाहक गाडी हिलो फसेर निकाल्ने धौ धौ हुने गाडी चालकको भनाई छ ।

    गाडी चालकहरु हिलोमा फसेका गाडी निकाल्दै सडकमा खान पकाएर खादै आउ जाउ गर्न बाध्य भएका छन । सरकारले गमगढी नाग्मा सडक खण्डको ९४ किलो मिटर कालोपत्रे नगर्दा झरीमा हिलाम्य र घाममा धुलाम्य हुने गरेको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ले बताए । सडक संचालनमा आएको सात बर्ष सम्म कालोपत्रे नहुँदा मुगुबासीलाई सास्ती खेप्नु परेको उनको भनाई छ ।


    प्रतिक्रिया दिनुहोस