रारा रैवार संवाददाता
पुष १४ मुगु
गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मावलिले संसद विघटन गरे संगै यति बेला देशभर आन्दोलन भईरहेका छन । मंगलबार मुगु सहित कर्णाली प्रदेशका जिल्लाहरुमा पनि संसद विघटनको विरोधमा सत्ता पक्षकै नेकपा प्रचण्ड माधव नेपाल सर्मथक नेता तथा कार्यकताले संसद पुन स्थार्पानको माग गदै विरोध गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनता र नेपालमाथि ठूलो विश्वास घात गरेको जनतको अभिपमत लाई लात हानेको विषयमा पछिल्ला केहिदिन निरन्तर रुपमा विरोध प्रर्दशन भईरहेका छन ।
सोमबार संसद पुनस्थापनाको माग गदै देशैभर नेपाली कांग्रेसले विरोध गरेको थियो भने मंगलबार सत्तापक्ष नेकपा प्रचण्ड माधव नेपाल सर्मथक नेता तथा कार्यकताले संसद पुन स्थार्पानको माग गदै विरोध प्रर्दशन गरेका छन ।
सविधानको बखिलाप गदै प्रधानमन्त्रीले गरेको संसद विघटनको कदमले नेपाली जनताको विकास, समृद्धि र स्थिरताको चाहनामाथि कुठाराघात भएको दाबी नेकपा सत्ता पक्षका नेता तथा कार्यकताले बताउदै आएका छन ।
संसद विघटनपछि संसदमा देश र जनताको पक्षमा आवाज उठाउने सांसदको अधिकार कटौती भएपछि सडकमै आएर जनताको आवाज उठाउनुपर्ने अवस्था आएको सत्ता पक्षका नेता तथा कार्यकता बताउछन जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असंबैधानिक कदम उठाउन प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफि नदिने नेकपा मुगुका अध्यक्ष सुकविर बुढाले बताए । उनका अनुसार न्यायलयले जनताको पक्षमा निर्णय गर्ने छ । यति न्यायलयले पनी सविधानको बखिलाप गरी संसद पुन स्थापना नभए जन्ताले अझै सशक्तरुपमा सडक संर्घषका कार्यक्रम अगाडी बढाउने अध्यक्ष बुढाले बताए ।
सम्बोधन कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य चन्द्र बहादुर शाहीले ओलीले जनताको जनमतको अपमान गरे । संबिधान माथि कु गरे । त्यसको विरोधमा सडक मा आएका हौ । नेकपा फुटेको छैन । हामि एकताको पक्षमा छौ । केपिले अझै तानाशाहा र अधिनायक वाद निम्ताउन खोजे र संसद पुनस्थापाना नभएको खण्डमा देश अस्थिरता तिर जाने भएकाले संसद पुन स्थापानाको पक्षमा देशभरी विरोध भएका र मुगुमा पनी विरोध प्रर्दशन गरेका सांसद शाहीले बताए ।
लिपुलेक लिम्पीयाधुरामा भारतिय सेना हटाउ ,संसद पुनस्थापना गर , ओली मुर्दाबाद , केपि तिम्रो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै सडकमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले सदरमुकाम गमगढीमा प्रर्दशन गरी बजार परिक्रम गरी कृष्णचोकमा कोण सभा गरेका थिए ।
कोण सभामा बोल्ने अधिकांस नेता तथा कार्यकताले यो सरकार निरकुस शैलीमा अघि बढेकाले बाध्य भएर सडक संघर्षका कार्यक्रम गनुपरेको बताएका थिय । संसद पुन स्थापाना नभए सरकारले अझै ठुलो क्षेत्ति ब्यहोरनु पर्ने नेकपा प्रचण्ड माधव नेपाल समुहका कार्यकताले बताएका छन ।
प्रतिक्रिया दिनुहोस