आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  Breaking News

अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड मध्ये २ टिम समुह चरणबाटै बाहिरिने निश्चित

  • रारा रैबार
  • २०७५ अषाढ ९, शनिबार मा प्रकाशित
  • ५१२ पटक पढिएको
  • ९ असार  रारा अनलाईन मुगु
    रुसमा जारि विश्वकपमा समूह डीु को खेल निकै रोचक मोडमा पुगेको छ । शुक्रबारको खेलमा आइसल्याण्डलाई २(० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले ३ अंक बटुलेपछी समूह ुडीु बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम क्रोयसिया बनेको छ ।

    शुक्रबार नाइजेरियाले आइसल्याण्डलाई २(० ले पराजित गरेपछि स्वतस् क्रोएसियाले दुई खेलबाट ६ अंक सहित नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । अब समूह
    डीु बाट नाइजेरिया ९३ अंक०, अर्जेन्टिना ९१ अंक० र आइसल्याण्ड ९१ अंक० सहित क्रमश पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । क्रोएसियाले नकआउटमा आफ्नो स्थान पक्का गरेकाले अब यी तीन मध्ये १ टिम मात्र नकआउट चरणमा प्रवेश गर्नेछन् । अब तीनै टिमले १र१ खेल खेल्न बाँकी छँदा खेल निकै रोचक मोडमा पुगेको हो ।

    विश्वकपमा समुह चरणको १र१ खेल हुन बाँकी छ, अबको खेल क्रोएसियाले आइसल्याण्डसँग खेल्दैछ भने अर्जेन्टिनाले नाइजेरियासँग खेल्दैछ । आगामी खेलमा नाइजेरियाले अर्जेन्टिनालाई जित्न सके वा बराबरीमै रोक्न सके पनि नाइजेरिया ६ वा ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ भने अर्जेन्टिनाले जिते ४ अंक सहित नकआउट चरणमा प्रवेश गर्नेछ ।

    उता अर्जेन्टिनालाई बराबरीमा रोक्न सकेको आइसल्याण्डलाई समेत २ गोलले पराजित गरेको नाइजेरियाले आफू कम्जोर नभएको प्रमाणित गर्दै अर्जेन्टिनासँगको खेललाई समेत चुनौती थपिदिएको छ ।

    उता आइसल्याण्डलाई ठूलो चुनौतिको पहाड क्रोएसिया बनेको छ । लगातार २ खेल जितेको क्रोएसियालाई पराजित गर्नु आइसल्याण्डलाई चुनौतीपूर्ण छ ।

    प्रतिक्रिया दिनुहोस