आज: २०८१ बैशाख १८, मंगलबार
ePaper
होमपेज /  Breaking News

“सलह” किरा

  • रारा रैबार
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित
  • २३३५ पटक पढिएको
  • मुगु २६ असार २०७७

     

    सलह किरा के साच्चिकै अमेरिका बाट नेपाल आएको हो? पक्कापनि होईन, यो किरा नेपाली माटोमा सदियौ देखि थीयो र आज पनि छ । विशेष गरि ६५ वर्ष अघि नेपालमा यो किराले आतङ्क मच्चाएको कुरा याँहाका बुढा पाका हरुले बताउने गरेका छन ।त्यस पछि यो किरा कसरि नियन्त्रणमा आयो, यो बारे भने थप खोज अनुसन्धान गर्नु पर्ने देखिन्छ । नेपाली भाषामा पनि यो किरालाई सलोहो भनेर चिनिन्छ ।

    हामि सानो हुँदा बारिमा छोपेर खुट्टामा धागो बाँधेर उडाउने गर्दथ्यौ र स्थानिय साथि भाई मिलेर रमाईलो गर्दथ्यौ, त्यस किरालाई हवाई जाहाज वा प्लेनको संज्ञा दिन्थेयौ । स्थानिय साथिभाई एक आपस मा रमाईलो गर्दथ्यौ । आज त्यहि सलोहो किराले, कोभिड १९, भारतको सिमा विवाद पछि तेस्रो आतङ्क नेपाल र नेपालिका लागी सृजाना गरेको छ ।

    यि तिनै विषयको बारेमा चर्चा गरौ । यो कोभिड १९ ले विश्वको अर्थतन्त्र मानव अस्त्विलाई थिलथिलो पारेको छ । यसको उत्पति चिन बाट भएको हो भन्ने गरिएको छ । यो केहि हत सम्म् सत्य हो। अर्काे कुरा सिमा विवादको छ । यो नेपाल र भारतको विषय हो । राजा त्रिभुवन भारतको नैयाँ दिल्लिमा परिवार लिएर भाग्ने क्रममा त्याँहा पुगे, त्यहि मौकाको फाईदा उठाउदै भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेख मिचेको प्रष्ट छ । त्यति बेला देखि नेपाली शाषकले यो विषयमा कुनै प्रसङ्ग उठाएन्न ।

    आज देश फेरि माहाभुकप्मको महासङ्कट पछि हाम्रो असल होईन धुर्त छिमेकि राष्ट्र भारतले एक पटक नेपालि सार्वभौेमिकता राष्ट्रियता र अखण्डता माथि धाव बोलेको छ । हामि सम्पुर्ण नेपाली यो विषयमा एकमत भएर लागेकै छौ । नेपाल सरकार पनि यो विषयमा लागेकै छ तर सलोहो किरा अमेरिका बाट नेपाल पसेको भनिएको छ ।

    यो कति हद सम्म साँचो या झुटो हो, यस्को बारेमा बुझ्ने प्रयास गरौ । यो किरा भने नेपालको रैथाने किरा हो । यो नेपालमा हिजो देखि अस्त्विमा थियो भनेर याँहाका स्थानिय बुढा पाकाहरुले बताउने गरेका छन । तर आज नेपालका लागी २०७७ साल एक ऐतिहाँसिक महासङ्कट बनेर आयो । यो साललाई नेपाल सरकारले यो वर्षलाई महासङ्कटको वर्ष भनेर घोषाण गर्नु पर्ने देखिन्छ । रोचक त के छ भने महाशक्ति राष्टहरु अमेरिका, चिन र भारतले नेपाल जस्तो सानो राष्ट, सानो भाईलाइ माया गर्नुको साटो यो देशलाई हत्या गर्ने जुन निन्दनीय प्रयास गरिरहेका छन ।

    यिनिहरु विस्व समुदाय बाट घृणित सावित भैईसकेका छन । भनिन्छ नेपाली हामी जाउला काँहा नेपालै नरहे, उचाई हाम्रो जोडिन्छ काँहा हिमालै नरहे । यति सुन्दर देश विश्व मान चित्र भित्रको एक विशाल नयन नेपाललाई चारै तिर बाट आक्रमण भएको छ । यो विपत्तिको सामना गर्नमा आलेख कर्ता आम नेपाली आमा वुवा दाजुभाई दिदि बहिनि र नेपाल सरकारलाई अपिल गर्न चाहान्छु , आज हामि माथि आईलागेका तिन महा विपत्ति मध्ये कोभिड १९ र सलोहो किरा प्राकृतिक विचलनका काराण उत्पन्न भएका हुन । जब जब प्रकृतिमा सन्तुलन गुम्छ, तब तब यस्ता किसिमका विपत्तिका लक्षणहरु विश्व समुदायमा देखिने गर्छन । जस्तो हाम्रो शरिरमा पनि टि.भि, ग्यास्ट्रीक सबैमा हुन्छ तर मात्रा मा मात्र फरक हो ।

    जुन मानिस संग रोग प्रतिरोधात्मक शक्ति हुन्छ, उसले रोग दबाएर राख्छ । जुन मानिस संग रोग प्रतिरोधात्मक शक्ति हुँदैन उसको शरिरमा टि.भि, ग्यास्ट्रीक, क्यानसर का लक्षण देखिन थाल्छन र उसको शरिर बचाउन मुस्कील हुन्छ । तेस्तै प्रकृतिक प्रद्धत सम्पुर्ण जिवातमाहरुको बाँच्न पाउने अधिकारलाई मानव समुदायले कुण्ठित गर्दछौ तब प्रकृतिमा विभिन्न किसिमका विचलनहरु आउछन ।

    आज ठिक त्यसरिनै कोभिड १९ र सलह किरा यस धर्तिमा देखिनु नै पृथ्वि भित्रको आहार श्रृङखला विग्रन गई यो भयाबह परिस्थीतिको सृजना भएको हो । यो आलेख कर्तालाई आज भोलि कोभिड १९ भन्दा पनि सलह किरा को बढि डर लाग्न थालिरहेको छ । किन कि यो सलह किराले एक दिनमा ३५००० हजार मानिसलाई खाना पुग्ने बालि नष्ट गर्द छ र दिनमा ३५०० मि. को दुरिमा उडान गर्न सक्ने यो खतरनाक मानव अस्त्तिव विरोधि सलहको विरुद्धमा सिंगो विश्व ,नेपाल सरकार, प्रदेश र स्थानिय सरकार र विभिन्न संघ संस्थाले बेलैमा विचार नपुराएको खण्डमा नेपाल भोकमारि बाट समाप्त हुनेमा विश्वस्त भए हुन्छ ।

    हामि कोभिड १९ लाई छल्न सकौला , भारतीय सिमा अतिक्रमण विषयमा वार्ता सम्वाद अन्य कानुनी उपचार जस्तो अन्तराष्ट्रिय अदालत बाट पनि किनारा लगाउला तर सलह किरा को यो गतिलाई विश्व समुदाय र नेपाल सरकारले रोक्न सक्दैन भने नेपाल र विश्वले ठुलो मानविय क्षति भोगमरिका काराण व्यहोर्नु पर्नेे देखिन्छ ।

    यस्को नियन्त्रण विधि के कस्तो हुने भन्ने विषयमा व्यापक छलफल आवश्यक छ । हामिलाई लाग्छ कृषि विशेषज्ञ, वातवरण विशेषज्ञ र नश्ल विद हरुको विचमा व्यापक छलफल र अन्तरक्रियाको आवश्यकता देखिन्छ । जैविक नियन्त्रण विधिको अवलम्बन गरि यस्को शिघ्र सामाधानका लागी सवै तह र तप्का लाग्नु पर्ने बेला आई सकेको छ । जस्तो हिजो देखि यो सलह किरा नेपालमै थियो, तर यो किरा कसै न कसैको आहारा पक्कै पनि थियो ।

    यसलाई आहारा को रुपमा लिने सर्प वा कुने चराहरुको प्रजाति लोभ भएर त यस्को संङख्या मा वृद्धि भएको त होईन ? यस्को बारेमा आम सरोकार वालाहरुले सोच्न चाँहि पर्छ । जस्तो हामा्र बुढा पाका, आमा वुवा को परामर्शमा, वहँहरुको भनाईमा यो किरा आफु जन्मे देखि अस्त्तिवमा थियो भनेर सुन्न पाईन्छ तर यसलाई आहाराको रुपमा लिने सर्प र चराहरु बढि भएको ठाँउमा यस्को प्रकोप देखिएन तर यसलाई आहाराको रुपमा ग्रहण गर्ने जिवहरु लोपउन्मुख भएकै कारण यो किराको आतङ्क नेपालमा देखियको हो । बरु कोभिड १९ बाट बचौँला तर सलह किरालाई बचाई राख्यौ भने भोगमरि बाट हामि बच्न सक्दैनौ, चेतना भया ! लेखक डम्बर रावल  छायाँनाथ रारा न.पा वडा नं ५ का वडा अध्यक्ष हुन । 

    प्रतिक्रिया दिनुहोस