आज: २०८१ बैशाख १८, मंगलबार
ePaper
होमपेज /  Breaking News

मुगुको यार्सा क्षेत्रमा लेक लागेर दुइको मृत्यु

  • रारा रैबार
  • २०७९ जेष्ठ २१, शनिबार मा प्रकाशित
  • ७९६१ पटक पढिएको
  • मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुइ दिनको फरकमा दुइ जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँ स्थित बुद्ध माविमा ९ कक्षामा अध्यायरत थिए ।
    टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको ज्यान गएको मुगुम कार्मारोङ गाउँपालिका वडा नं–७ का वडाअध्यक्ष सशांक लामाले जानकारी दिए । एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको अकालमा ज्यान गएको उनको भनाई ।
    बुधबार यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहलाई कोइकी पाटनमा लेकलागेको थियो । लेक लागेर उनी विरामी भएका थिए । उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब निरीक्षका सुवास हमालले जानकारी दिए ।
    यार्सा टिप्न गएका सर्बसाधारणलाई लेक लागेर बिरामी हुने र तत्कालै उद्धार एवं औषधि उपचारको अभावमा बर्षेनी अकालमा धेरैको ज्यान जाने गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस