आज: २०८१ बैशाख १८, मंगलबार
ePaper
होमपेज /  Breaking News

जुम्ला – रारा अल्ट्रा म्याराथोनको उपाधि धिर बहादुर र प्रियाले हात पारे

  • रारा रैबार
  • २०८१ बैशाख २, आईतबार मा प्रकाशित
  • ११६ पटक पढिएको
  • बैशाख २ मुगु,  पाँचौं जुम्ला रारा – अल्ट्रा म्याराथोनको उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले हात पारेका छन । वैशाख १ गते सुरु भएको ४९ किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउपालिकाका १ का धिरज र महिलातर्फ प्रियाले उपाधि जितेका हुन् ।
    धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि मुगु जिल्ला स्थित रारातालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेर पुरुष तर्फको प्रथम र प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरेर महिला तर्फको प्रथम उपाधी जितेका हुन । पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढा क्रमशः दोस्रो र तेस्रो भए । दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्ड र शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा ४९ किलोमिटरको दुरी पार गरेका थिए ।
    महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल र अनिता बुढा क्रमशः दोस्रो र तेस्रो भए । रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको समय लगाउँदा बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्नु भएको थियो । प्रतियोगितामा कुल ५४ जना खेलाडी सहभागि भएका मध्य ४ विदेशी खेलाडी थिए  । कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजना भएको जुम्ला- रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १ गते जुल्लामा उद्घाटन गर्नु भएको थियो  ।२ गते विहान पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्नुहुदै खेलकुद मन्त्री श्रेष्ठले जुम्ला रारा-अल्ट्रा म्याराथन आगामी वर्षमा राष्ट्रिय खेलकुद परिषदको वार्षिक क्यालेन्डरमा समावेस गरिने बताउनु भयो ।
    म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोक, जुम्लाका र युरोपका खेलाडीले भाग लिएका थिए ।कर्णाली स्पोर्टस् क्लबका इभेन्ड म्यानेजर उमेश रोकायाका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका थिए ।जुम्ला खलंगाको बालमन्दिर देखि सुरु भएको म्याराथन रारा ताल किनारको हुटुमा पुगेर सकिएको थियो ।
    म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँ सहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस