आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

  • रारा रैबार
  • २०७९ जेष्ठ १८, बुधबार मा प्रकाशित
  • ४२८ पटक पढिएको
  • मुगुः नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।
    मंगलबार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आईतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए ।

    नगर प्रमुख भामका अनुसार शनिबारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आईतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं , नगर प्रमुख भामले भने बुधबार पहिलो नगरकार्यपालिका बैठकमा पनि यस बिषयमा छलफल गरिने र बिद्यालय मात्र नभई अन्य सेवाको बारेमा पनि निर्णय गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस