आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

जन्म दिनको खर्च दृष्टिबिहिनलाई

  • रारा रैबार
  • २०७९ चैत्र १४, मंगलबार मा प्रकाशित
  • ७७ पटक पढिएको
  • रारा रैवार स‌ंवाददाता

    मुग : हरेक बर्ष आफनो जन्म दिन साथी भाई र घरपरिवारसंग दिन मनाउदै आएका एक जना सामजिक अभियान्ताले यो पटक भने फरक तरिकाले जन्म दिन मनाएका छन । छाँयानाथ रारा नगरपालिका—४ का ३४ बर्षिया सामजिक अभियन्ता मिन बहादुर रावलले हरेक बर्ष आफनो जन्म दिन साथी भाई र घरपरिवारसंग मनाउदै आएको भएपनी यो बर्षको जन्म दिन छाँयानाथ रारा नगरपालिका—२ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय बालमन्दिर चैनामा अध्यनरत दृष्टिबिहिन बिद्यार्थी संग मानएका हुन । हरेक बर्ष आफनो साथीभाई र घरपरिवारसंग जन्म दिन मनाउदै आएका सामजिक अभियान्ता रावलले ३४ बर्ष पुरा गरी ३५ बर्षि लागेको उपलक्ष्यमा आफुले काम गर्ने गरै सरकारी संस्थाबाट पाउने मासिक पारिश्रमिकबाट दृष्टिबिहिन बालबालिकालाई सहयोग पुगोस भन्ने उदेश्यले नगद ३० हजार सहित भोजन खुवाई जन्म दिन मनाएको बिद्यालयका प्रधानाध्यापक दिलिप कुमार शाहीले बताए । छाँयानाथ रारा नगरपालिका—२ चैनामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय बालमन्दिरमा जिल्लाभरका ११ जना दृष्टिबिहिन बिद्यार्थी अध्यनरनरत छन । बिद्यालयको छात्राबासमा बस्दै आएका बिद्यार्थीहरुको खानपिन तथा सरसफाईको ब्यवस्थापनमा समस्या हुदै आएको आफुलाई जानकारी आएपछी हरेक बर्ष साथीभाई र घरपरिवारसंग जन्मदिन मानउदै आएको जन्म दिन यो बर्ष बाल मन्दिर चैनामा रहेका दृष्टिबिहिन बिद्यार्थी भाई बहिनीसंग जन्म दिन मनाउने योजना अनुसार आफनो क्षमता अनुसारको रकम हस्तान्तरण गरे । जो रकमले ति बालबालिकाहरुको सबै समस्या समधान नभएपनी अरु दाताहरुले पनी यसरी सहयोग गर्न सकोस भनेर आफुले ३० हजार सहयोग गरी जन्मदिन मनाएको सामजिक अभियान्ता मिन बहादुर रावलले बताए ।छात्राबासमा बस्दै आएका खत्याड गाँउपालिका—९ का कक्षा ६ मा अध्यनरत टक्क खत्रीले  भने मान्छेहरु आफनो जन्मदिनमा फजुल खर्च गरेर जन्म दिन मनाउने गरेको सुनेको छु । पहिलो पटक हामी दृष्टिबिहिनसंग सहयोगी मन भएका मिन बहादुर रावलले हाम्रै हातले केक काटेर जन्म दिन मनाएका छन । हामीसंगै बसेर खान खाए हामीलाई ३० हजार सहयोग पनी गरेका छन । हामी सबै दृष्टिबिहिन बिथार्थीहरुकालागी केही दिनकालागी भएपनी यो रकमले ठुलो सहयोग हुने बताए ।

    प्रतिक्रिया दिनुहोस