आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

दुर्गम शोभा गाउँमा गाडी पुग्दा स्थानीय हर्षित

  • रारा रैबार
  • २०७८ चैत्र १९, शनिबार मा प्रकाशित
  • ५४३ पटक पढिएको
  • मुगु , छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमाप हिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–१२ शोभा गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी खुसीभएका छन् । लुम्स हुँदै शोभा सडकको ७ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक शोभा गाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगे पछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् ।

    छायाँनाथ रारा नगरपालिकाको रु १ करोड ५३ लाखलगानीमा सडक निर्माण भएको र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको जनाइएको छ । लुम्स शोभा सडकको बुधबार छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्गशाही ले सडकको उद्घाटन गरेका थिए ।

    सडक उद्घघाटन कार्यक्रममा छायाँनाथरारा नगरपालिकाका नगरप्रमुख शाहीले चुनावका बेला शोभा गाउँमासडक पुर्याउने वचन दिएकोमा आर्थिक बर्ष २०७४÷०७५ देखि काम गर्न सुरु गरिएको र कार्यकालको अन्तिममा भएपनि सडक पुर्याउन सफलभएको बताए । छायाँनाथ रारा नगरपालिकाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्य बमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भएपनि सडक पुर्याउने नगरप्रमुखशाहीले बताए ।

    उनकाअनुसार लुम्स शोभा सडकलाई मुगु जिल्लाको पर्यटकिय क्षेत्र क्रण मोक्ष सम्मजोडिने र यो सडकलाई नगर पर्यटकिय सडक बनाइने योजना रहेको बताए । शेभामा गाउँमा सबैभन्दा बढी आलु र सिमी उत्पादन हुने गर्छ ।

    यातायात सुविधा नहुँदा आलु, सिमी सदरमुकाम गमगढी बजार सम्म पाँच घण्टा बोकेर भएपनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर जाने गरेको थियो” स्थानीय पुल्तिसरा सावतले भनिन् “अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादनहुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ भने कमाउनकै लागि गाउँका युवा बाहिरी जिल्लाम ाजानुपर्ने छैन, बरु आलु, सिमीखेतीका लागि उत्साहित हुनेछन् ।

    नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा,सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्नबाँकी छ ।यसै बिच १२ नं वडा शोभामा छायाँनाथ रारा नगरपालिकाको आथिक सहयोगमा निमार्ण सम्पन्न भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन पनि वडा कार्यलय लाई हस्तान्तण गरिएको छ भने कुटानी पिसानी समस्यामा रहेको शोभा गाउँको लागी नगरपालिकाले मिल सहयोग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस