आज: २०८१ जेष्ठ ७, सोमबार
ePaper
होमपेज /  Breaking News

बिरामी बालिकालाई जबर्जस्ती गर्न खोज्ने अहेव पक्राउ

  • रारा रैबार
  • २०७५ अषाढ १५, शुक्रबार मा प्रकाशित
  • ४२० पटक पढिएको
  • १५ असार रारा रैवार मुगु

    रुकुम पश्चिम० – बालिका जबर्जस्ती गर्न खोज्ने जिल्ला अस्पताल रुकुम९पश्चिम०मा कार्यरत अहेव चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
    मुसीकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा अहेव मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

    अस्पतालमा उपचारका लागि आएकी बालिकालाई मल्लले बुधबार राति ११ बजेतिर जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

    शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जबर्जस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा उल्लेख छ ।
    मल्लबाट फुत्किन सफल बालिकाले आफ्नो
    परिवारका सदस्यलाई आफूलाई जबर्जस्ती गरिएको बताएपछि बिहीबार जाहेरी दर्ता भएको र लगत्तै मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
    मल्लमाथि जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिनुभयो ।
    आठबीसकोट नगरपालिका –१४, घेत्मा घर भएका मल्ल विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करारमा कार्यरत थिए । 

    स्रोत उज्यालो

    प्रतिक्रिया दिनुहोस