आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  Breaking News

मुगुमा बाक्लो हिमपात,रारामा एक फिट हिउँ जम्यो

  • रारा रैबार
  • २०७९ माघ १०, मंगलबार मा प्रकाशित
  • १९६ पटक पढिएको
  • रारा रैवार संवाददाता, मुगु

    माघ १० ,    मंगलबार बिहानै देखि मुगु लगायत कर्णालीका उच्च हिमाली बस्तीमा क्षेत्रमा बाक्लो हिमपात भएको छ। मुगुको उच्च हिमाली क्षेत्रमा पर्ने नेपालको सबै भन्दा ठुलाे रारा आसपासमा एक फिट सम्म हिउँ जम्यको छ भने , मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची, खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको छ। उच्च क्षेत्रमा यो बर्ष पहिलो पटक हिमपात भएको छ । अहिले पनि हिमपात जारी छ ।हिमपातसँगै चिसो अत्यधिक बढेपछि जनजीवन कस्टकर बन्दै गहेको छ। हिमपातका कारण आवतजावतमा असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ।बाक्लो हिमपातले राराताल आसपासका करिब एक फिट हिउँ जमेको छायानाथ रारा नगरपालिकाकी ९ का नविन रोकायाले बताए । मुगुको तापक्रम माइनस ६ डिग्री छ।

    कर्णालीका उच्च हिमालि क्षेत्र मा भएको हिमपाले कर्णालीका किसानमा खुसी छाएको छायांनाथ रारा नगरपालिका १२ का स्थानीय मिलन बिकले बताए । हिमपातले जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन्। हिमपातसँगै किसानहरू खेतबारीमा पस्नेछन्।बाँझोबारीमा गहुँ, जौ, उवाँ, फापरलगायत अन्नबाली लगाउँछन्। कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्‍याएको छ। हिमपात किसानका लागि फाइदाजनक कृषिविज्ञले बताएका छ्न ।

     

    प्रतिक्रिया दिनुहोस