आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

मुगुमा सुरक्षितगर्भपतन गर्नेको संख्या बढ्यो

  • रारा रैबार
  • २०७५ अषाढ ८, शुक्रबार मा प्रकाशित
  • ६२९ पटक पढिएको
  • दान बहादुर बुढा ०६गते
    पछिल्लो समयमा स्वास्थ्य सम्बन्धि जनचेतनाको शिक्षा बाट जनचेतना आएपछि मुगुमा पछिल्लो समयमा सुरक्षित गर्भपतन गराउर्नेको संख्या बुद्वि भएको छन ।
    मुगु जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय लगाएत बिभिन्न सरकारी गैर सरकारी संघ सस्थाबाट स्वास्थ्य शिक्षा,सरसफाई,लगाएतका क्षेत्रका दर्जनै निकाय बाट जनचेतना मुलक कार्याक्रम शिक्षा शहर देखी गाँउ घर सम्म सन्चालन गर्दा पछिल्लो समयमो स्वास्थ्य सस्थामा आएर सुरक्षित गर्भपतन गराउर्ने किशोरी देखी महिला सम्म दिन प्रति दिन आउन थालेको जिल्ला स्वास्थ्य कार्यालय ठिनी मुगुले जनाएको छ । 
    नेपाल सरकारले २०६०सालमा प्रसुति गृह थापाथलि बाट सुरक्षित गर्भपतन गराउन शुरु सेवा भएपछि पछिल्लो समयमा २०६६ सालमा औषधि प्रयोग बाट सुरक्षित गर्भपतनको लागी सेवा शुरुभयो भर्ने २०७३साल देश भरीका सरकारी स्वास्थ्य बाट निशुल्क   सुरक्षितगर्भपतन सेवा शुरु भएको हो भर्ने मुगुमा आ.व २०७३।२०७४ सालमा मात्र जिल्ला भरी १सय ७८ जनाले सुरक्षित गर्भपतन गराईकी छन जस अनुसार श्रीकोट स्वास्थ्य केन्द्र बाट ४८ जना रातापानि स्वास्थ्य केन्द्र बाट  २५ जना जिमा स्वास्थ्य केन्द्र बाट २५ जना जिल्ला अस्पताल बाट औषधी र औजार उपकरण बाट ८० जनार अन्य जिल्लामा रहेका स्वास्थ्य केन्द्र बाट २५ रहेकी छन गर्भपतन गराउर्नेमा १६ बर्ष देखी ६० बर्ष उम्मेरका महिला रहेकी छन ।
    आई पास नपालको सहयोगमा स्थानिय संस्था कर्णाली गरिवी न्यूनिकरण तथा विकास मंञ्च र सि.डि.यस पार्क ले सुरक्षित गर्भपतन सम्वन्धि जनचेतामुलक कार्यक्रम गर्दै आइरहका छन । सरकारको कानुन अनुसार गर्भवती महिलाको ईच्छाले १२ हप्ता सम्म्को गर्भ नवर जस्ती करणी वा हाडनाता बरणस्बाट  गर्भ रहन गएमा १८ हप्ता सम्म रहेको गर्भलाई  सुरक्षित गर्भपतन गराउन सकीने बानुनि ब्याबस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयकी बरिश्ट अनमि सरोजा घिमीरेरे बताएकी छन  ा 
     सुरक्षित गर्भपतन गराउर्ने कानुनको ब्याबस्था नआउदा मुगु जिल्ला तथा हिमाली दुर्गममा बस्ने महिलाले बढी सन्तान भएपछि  गर्भ रहेका बनमा पाईने बिभिन्न जडीबुटी,यूरीया मल,अन्य नसादार औषधी खाएर गर्भ तुवायर्ने प्रचलन रहेको स्थानिय महिलाको भनाई रहेको छ ,

    प्रतिक्रिया दिनुहोस