आज: २०८१ जेष्ठ ५, शनिबार
ePaper
होमपेज /  Breaking News

मुगु जिल्ला अस्पतालमा ईमेजेन्सी सेवा बाहेक अन्य सेवा बन्द्र

  • रारा रैबार
  • २०७५ अषाढ २०, बुधबार मा प्रकाशित
  • ७३३ पटक पढिएको
  • दान बहादुर बुढा १८ असार
    डाक्टर गाबिन्द्र के.सी कर्णाली प्रदेशको जिल्लाको जुम्ला बाट नेपाल सरकारको चिकित्सा र गुणस्तरीय सेवाको अभियानमा जुम्लामा आन्दोलनमा २०७५।३।१६ गते बाट गरीएको हुदा आन्दोलनको क्रममा मुगु जिल्ला अस्पतालमा कायरत डाक्टर,नर्सहरुले ईमरजेन्सी सेवा बाहेक अन्य सेवाहरु आज दिनको १२ बजे बाट अनितितकाल सम्मको बन्द गरेका छन ।
    डाक्टर गोबिन्द्र केसीले जुम्ला जिल्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आफ्ना माग पुरा गर्नको लागी जुम्ला आउदा जिल्ला प्रशासन कार्यालय जुम्लाले गृहमन्त्रालयको आदेश अनुसार कर्णाली बिज्ञान प्रतिष्ठानमा आमरण अनसन बस्न नदीए पछि जुम्लामा रहेको खेलकुद बिकास समितिको कबड हलको भुई तल्लामा राखेको हुदा नत बत्तिको सेवा,अन्य लत्ता कपडा,को ब्याबस्था नहुदा डाक्टर केसीको स्वास्थ्यमा समस्या आएको हुदा केसीको जिवन रक्षाका लागी यथासिघ्र सुरक्षित ब्याबस्थीत स्थानमा स्थानान्तरण गर्नको लागी प्रदेश नम्बर ६का सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकमीैलाई नेपाल चिकत्सक संघ कर्णाली शाखा जुम्लाको अपिल अनुसार डाक्टर केसीको माग र ब्याबस्थित स्थानमा स्थानतरण नगरुन्जेलसम्मको लागी  जिल्ला अस्पताल भित्रका ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गरी ऐक्यबद्घता जनाएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर ज्ञानेश्वर क्षेष्टले बताएका छन ।
    डाक्टर गोबिन्द्रकेसी जुम्ला जिल्लाको कवड हलको भुई तल्लामा आमरण अन्सनमा बसेका छन कवड हल ब्याबस्र्थित नहुदा जता ततै फोहोर दिशा पीसाब र भगेराको बास स्थान भएको ठाउमा रहेकोहुदा केसीको स्वास्थ्य अबस्था निकै असहज भएको उहाका चिकत्सकहरुले बताएका छन  ।

    प्रतिक्रिया दिनुहोस