आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  Breaking News

यसरी हुदै छ पर्यटन प्रवर्द्धन लागि जुम्ला रारा अल्ट्रा म्याराथुन

  • रारा रैबार
  • २०७५ अषाढ १३, बुधबार मा प्रकाशित
  • ५६८ पटक पढिएको
  • असार १३ रारा रेवार मुगु

    असार २७ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पर्यटन प्रवर्द्धनका लागि कर्णाली स्पोर्टस क्लबले आयोजना गरेको पहिलो तथा जुम्लामा दोस्रो पटक अल्ट्रा म्याराथुन हुन लागेको हो।

    यो प्रतियोगिताले कर्णाली प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०७५ लाई थप टेवा पुग्ने विश्वास लिएको छ।खेलक्षेत्रमार्फत कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रलाई विश्वसामु चिनाउने ध्ययले हुन लागेको जुम्ला(रारा अल्ट्रा म्याराथुनमा भाग लिने खेलाडीले ४९ किलो मिटर दूरी पार गर्ने भएका छन्। 

      
    क्लबका अध्यक्ष सरोज शाहीका अनुसार अल्ट्रा म्याराथुनमा राष्ट्रिय तथा स्थानीय स्तरका सयौँ ख्यातिप्राप्त एथेलेटिक्स खेलाडीले सहभागिता जनाउँदैछन्। 
    समुन्द्री सतहदेखि २३ सय ५० मिटर उचाईमा रहेको जुम्ला सदरमुकाम खलंगा बजारबाट डाँफे लेक, न्याउरीघाट, चौथा हुँदै ४ हजार १७ मिटर उचाइ रहेको चुचेमारा, मिलीचौर भएर खेलाडी रारातालसम्म पुग्नुपर्ने म्याराथुनको रुट कायम गरिएको छ।
    उक्त म्याराथुनमा प्रथम हुने खेलाडीले ५ घण्टाभित्र ४९ किलो मिटर तोकिएको रुट पार गर्नसक्नु पर्नेछ । प्रतियोगितामा सोलुखुम्बु जिल्ला, त्रिभुवन आर्मी क्लबलगायत देशका विभिन्न जिल्लाबाट खेलाडीले भाग लिँदैछन्।
    एथेलेटिक्स धावक हरिबहादुर रोकाया बिरामी परेपछि जुम्ला आयोजक क्लबका प्रशिक्षक सिता न्यौपानेले क्लबमा आवद्ध तथा अन्य २७ जना बढी धावकलाई नियमित प्रशिक्षण दिइरहेकी छिन्। 
    पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासका लागि आयोजित अल्ट्रा म्याराथुन प्रतियोगिता सफल पार्न जिल्ला खेलकुद विकास समिति, चन्दननाथ नगरपालिकालगायत अन्य निकायसँग समन्वय र सहकार्य भैरहेको छ।
    म्याराथुन सम्पन्न गर्न ११ लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ।म्याराथुन प्रतियोगितामा प्रथम हुने महिला पुरुषलाई ५०र५० हजार, दोस्रो हुने महिला, पुरुषलाई ३०र३० हजार र तेस्रो हुने महिला पुरुष 
    प्रतियोगीलाई २०र२० हजार नगदसहित प्रमाण पत्र र मेडल पुरस्कार उपलव्ध गराइने क्लबका अध्यक्ष सरोज शाहीले पत्रकार सम्मेलनमा बताए।  त्यसैगरी बाहिर जिल्लाबाट आउने खेलाडीलाई आउने जाने यातायात भाडा र खान बस्नका लागि व्यवस्थापन गरिएको छ।  

    साभार अन्नपुर्ण

    प्रतिक्रिया दिनुहोस