आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

अन्त्तरजातिय बिबाह गरेका चन्द्रे पाँचदिन देखि बेपत्ता

  • रारा रैबार
  • २०७८ पौष ४, आईतबार मा प्रकाशित
  • ५८२ पटक पढिएको
  • मुगु ः अन्तर जातीय विवाह गरेकै कारण हुम्लाका एक युवालाई केटी पक्षका मान्छेहरुले कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन ।सर्केगाड गाउँपालिका—१ को जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्र गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग एक महिना अगाढी भागी बिबाह गरेका थिए । मंसिर २९ गते केटी पक्षका मान्छे कामीको घरमै पुगि केटा केटी दुबैलाई माईती घरमा ल्याई कुटपिट गरी सार्कीलाई तल्लो जातको मान्छेले ठकुरीको छोरी भगाएको भन्दै बेपत्ता बनाएको सार्कीका आफन्तले आरोप लागएका छन ।ठकुरी छोरी संग सार्कीको छोराले विवाह गरेको भन्दै युवती पक्षका माइतीहरुले छोरोलाई निद्र्दात कुटपिट गर्नुका साथै तीनदिनदेखि बेपत्ता पारेका छन् भने, घरमा तोडफोड गरेका छन् । घरमा आएर युवायुवतीलाई माइती पक्षले अपहरण शैलिमा लिएका र सुन्तलि उनकै माईती घर रहेको भएपनी मेरो छोरालाई तिन दिन देखि बेपत्ता बनाएको चन्द्रेका बुवा धनजय कामीले बताए ।तर सुन्तली मल्ल भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकलाई अझै भेटाउन सकिएको छैन् खोजी कार्य तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
    छोराले गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेर आफ्नो घरमा ल्याएको भन्दै युवती पक्षका करीब २० जनासम्मको समुहले मङ्सिर २९ गते बुधबार रातीको समयमा जैरका गाउँका अन्य छिमेकीका घरहरुमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँतीहरु फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेको गुनासो बुवा कामीले पोखे ।
    बुवा कामीले भने, अन्तर जातीको युवती विवाह गरेका कारण छोराले कुटाई खानुपर्यो, घरमा तोडफोड भयो, कुटपिटसँगै छोरालाई अपहरण गरी लिएर आजसम्म भेटाउन सकिएको छैन् । खै छोरालाई कुन कर्णाली नदीमा फालेहोलान् अत्तोपत्तो छैन् बुवाले दुखेसो गरे । कामी र मल्लले अन्तरजाती भएका कारण भागी विवाह गरेका कारण उनिहरुले भागेको दिनदेखि युवती माइतपक्षको धम्की सहदै आउनुपरेको थियो । माइती पक्षको धम्कीका कारण छोराबुहारी सर्केगार्ड गाउँपालिकाको वडा २ को रीप गाउँमा बस्दै आएको वुवाले बताए ।यता लिप्रुका माइती पक्षले खोजिरहेको भएपनि भेटाउन सकेका थिएनन । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात, आउ भेटौं भनेर बोलाएपछि उक्त जोडी घरमा आएका हुन् ।
    बुधवार राति मात्रै युवकको घरमा माइती पक्ष आएर युवकलाई निर्घात कुटपिट गरेका थिए । हुम्लाबाट युवा र युवतीलाई लिएर मुगु पुगेको भएपनि युवती सम्पर्कमा आएको र युवा अझै बेपत्ता पारिएका छन् । निर्घात कुटपिटपछि युवकलाई कहाँ लिए अझै अत्तोपत्तो हुन सकेको र्छैन् । घटना भए लगत्तै छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफुले पुस १ गते प्रहरीलाई जानकारी गराएको हो । घट्नाका विषयमा प्रहरीलाई जानकारी आए लगत्तै ६ वडा प्रहरीको टोलिलाई घटना स्थल आसपासमा खटाई अनुसन्धान र खोज तलास भईरहेको छ । उक्त स्थानको अनुसन्धानकालागी आफै घटना स्थलतर्फ हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक शर्माले घटनाको जानकारी आउने बित्तिकै उनीहरुको खोजीका लागि प्रहरी व्यापक रुपमा परिचालन गरिएको बताए । जिल्ला कार्यालय हुम्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जना, तुम्च, गल्फागाड, श्रीनर, र सर्केगाड प्रहरी चौकीबाट प्रहरी परिचालन भएको र मुगु प्रहरीलाई समेत सहयोगकालागी प्रदेश प्रहरी मार्फत अनुरोध भई मुगु प्रहरीले समेत घट्ना बेपत्ता बनाएको भनिएका चन्दे्रको खोजी कार्य भइरहेको भएपनि उनको अहिलेसम्म् पत्ता नलागेको प्रहरी प्रमुख शर्माले जानकारी दिए । हुम्ला प्रहरीका अनुसार, युवती सम्पर्कमा आएको र युवक अहिलेसम्म बेपत्ता रहेका छन् । ‘घटनाको जानकारी पाउन वित्तिकै प्रहरी परिचालन भइसकेको छ । तिन बर्ष देखि दुबै जना प्रेम प्रेमिकाका थिए भन्ने जानकारी आफुले पाएको एक महिना अगाढी दुबै जना आफनै ईच्छाले भागेर बिबाह गरेका हुन । अहिले केटी पक्षका मान्छेले तल्लो जातको मान्छेले ठकुरीको छोरी बिबाह गरेको भन्दै केटा पक्षलाई कुटपिट गरी बेपत्ता बनाएको र छोरीलाई घरमै राखेको आफुले जानकारी पाएको सर्केगाट—१ का अध्यक्ष गोकुल बुढाले बताए ।

    प्रतिक्रिया दिनुहोस