आज: २०८१ बैशाख २८, शुक्रबार
ePaper
होमपेज /  Breaking News

आखाँका रोगीलाई खोजी खोजी उपचार गराउने प्रयत्न गछु : उपाध्यक्ष मल्ल

  • रारा रैबार
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित
  • ६०७ पटक पढिएको







  • रारा रैवार सम्वाददाता
         कार्तिक २४ मुगु
    मुगु :आर्थिक अभावले आखाँको उपचारमा समस्या भोगीरहेका हरुलाई खोजि खोजि उपचार गराउन प्रयत्नमा लागी पर्ने उपाध्यक्ष तिलक बहादुर मल्ले बताए ।  नेपाल नेत्र ज्योति संघको २६ औ महाधिबेशन बाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका मल्ले निर्वाचित भए लगतै यस्तो  बताएका हुन । दुर्गम गाउँ देखि शहर सम्म आखाँका बिरामी छन भन्ने सम्पर्क गर्न आग्रह गदै उपाध्यक्ष मल्लले आर्थिक छैन भन्दैमा रोग पाल्ने दिन गहेका बताएका छन । प्रत्येक जिल्लामा नेपाल नेत्र ज्योति संघका शाखा कार्यलय छन । गाउँ गााउँमा आँखाको शिविर हुन्छन आर्थिक छैन भनेर रोग नपाल्नुहोस तपाईको साथमा नेपाल नेत्र ज्योति संघं छ र निशुल्क उपाचार गर्छ उपाध्यक्ष मल्ले भने ।

    समय परिस्थती संग गाउँ गाउँमा आखँका शिविरपनी हुदै आएका छन । आगमी दिनमा पनी अझै बढी समय शिविर राख्ने र आखँका बिरामी लाई उपचार गराउनमा नेपाल नेत्र ज्योति संग लागी पर्ने उपाध्यक्ष मल्लको भनाई छ । २० बर्ष देखि आखाँको क्षेत्रमा समाजसेवा गरी योगदान गरेका मुगुका तिलक बहादुर मल्ल नेपाल नेत्रज्योति संघको  २६ औ महाधिबेशन बाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका छन भने नेपाल नेत्रज्योति संघको केन्द्रिय अध्यक्षमा प्रा डा चेतराज पन्तको अध्यक्षतामा २७ सदस्ययी कार्य समित गठन गरीएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यलयले जनाएको छ । 
    जिल्ला अध्यक्ष, कर्णाली प्रदेश सभापती हुदै केन्द्रिय उपाअध्यक्षमा निर्वाचित हुने उपाध्यक्ष मल्ल साविकको मध्यपश्चिमा अञ्चलबाटनै ईतिहासमा पहिलो र माथिल्लो पदमा पुग्ने ब्यक्ति समेत हुनुहुन्छ  ।यसअघि गहेको भदौ महिनामा कर्णाली प्रदेशको सुर्खेतमा भएको नेपाल नेत्र ज्योति संघको पहिलो अधिबेशन बाट मल्ल कर्णाली प्रदेश नेत्र ज्योति संघको सभापतीमा पनी निबिरोध निर्वा्चित भएका थिय । सामाजिक क्षेत्रमा योगदान गदै आएका मल्ल नेपाल रेडक्रस सोसाईटि कर्णाली प्रदेशका प्रदेश संयोजंक समेत हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस