आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  Breaking News

आगलागी पिडित परिवारका लागी प्रहरीले गर्यो निशुल्क स्वास्थ्य शिविर

  • रारा रैबार
  • २०७८ मंसिर २०, सोमबार मा प्रकाशित
  • ५७५ पटक पढिएको
  • मोहन कुुमार मल्ल
    रारा रैवार मंसिर २० गते,


    हिमाली जिल्ला मुगुमा नेपाल प्रहरीले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमवार जिल्ला सदरमुकाम गमगढीमा रहेको कालिका मालिका मन्दिरको चौरमा सोमबार १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।चिसो मौषम बढेसंगै हिमाली जिल्लाहरुमा चिसोजन्य रोग फैलिने र सर्वसाधरण ति रोगबाट ग्रसित हुने सिजन भएकाले रोग बारे जनचेतना जगाउन र गत कात्र्तिक २९ गते गमगढी बजारमा आगलागी हुदा घर जलेर हाल त्रिपाल तथा आफन्तहरुका घरमा बस्दै आएका आगलागी पिडित परिवारहरुको समय मै निशुल्क चेकजाँचबाट उपचार समेत होस भन्ने उदेश्यले १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताउनु भयो ।
    शिविर संचालनका लागी प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट प्रहरी निरिक्षक जगदिश प्रसाद भट्ट, डा सर्तुधन गहताज,कैलास सुवेधी र प्रज सुनिल योगीको स्वास्थ्यकर्मी टिम आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।विहानै देखि आफनो स्वास्थ्य चेकजाँच गर्न शिविरमा सर्वसाधारणहरु लाईनमा बसेका छन ।शिविरमा चिसोजन्य रोगका सबै खाले औषधी ल्याएको र यहाँ चेकअप गरेर सर्वसाधरणले बाहिर कुनै पनि औषधी किन्न नपरोस भनेर पुग्दो मात्रामा स्वास्थ्य टोली औषधी ल्याएको प्रहरी निरिक्षक जगदिश भट्टले बताउनु भयो ।शिविरको उदघाटन प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको स्वास्थ्य चेकजाँच गरेर गरिएको थियो ।
    शिविरमा आफनो स्वास्थ्य चेकअप गर्न पुगेका सर्वसाधारणहरु निशुल्क चेकजाँच र औषधीहरु पाउदा खशि देखिन्थे । शिविरमा चेकअप गरेका छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाँउका ७३ वर्षिय तिलक प्रसाद चौलागाईले आफुलाई चिकित्सकहरुले रामो्र चेकअप गरेको र औषधीहरु निशुल्क दिएको बताउनु भयो उहाँले भन्नुभयो आफुलाई चिसोले खोकी लागेको थियो चेकअप पछि औषधी पाए त्यो औषधी मेडिकलहरुमा किनेको भए कम्तिमा २ हजार जाथ्यो मैले सितैमा पाए जेष्ठ नागरिक चौैलागाईले सबै प्रहरी र चिकित्सक टोलीलाई धन्यवाद दिए ।
    घरमा काम गर्दा लडेर सामान्य घाईते भएकी छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाँउकी ५३ वर्षिय जलुका बुढा उपचारका लागी जिल्ला अस्पताल मुगु जादै गर्दा गमगढीमा प्रहरीले निशुल्क स्वास्थ्य शिविर गरेको थाहा पाएर अस्पताल नगई शिविरमा आएको बताउनु भयो । लड्दा उहाँको छातीमा चोट लागेको रहेछ चोटले गर्दा उहाँ बोल्दा,खोक्दा र सास फेर्दा छाती दुख्दो रहेछ सबै चेकअप गरेर औषधी दियौ चिकित्सक गहताजले भन्नुभयो ।शिविरमा गत कात्तिक २९ गते गमगढी बजारमा भएको आगलागीबाट पिडित भएका परिवारलहरुका सदस्यहरुको स्वास्थ्य चेकजाँच र औषधी उपचार पहिलो प्राथमिकता रहेको पनि शिविर आयोजक स्वास्थ्य टोलीले बताएको छ ।कात्तिक २९ गते राती १२ बजे मुगु जिल्ला सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुदा २० घर पुर्ण, ५ घर अर्ध ,ति घरहरुमा रहेका २४ होटेल पसल,३३ कोठा लिएर बसेकाहरुको सरसमान जलेर खरानी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस