आज: २०८१ बैशाख २१, शुक्रबार
ePaper
होमपेज /  Breaking News

आग लागी पिडीतलाइ थप राहात

  • रारा रैबार
  • २०७५ श्रावण २, बुधबार मा प्रकाशित
  • ८५१ पटक पढिएको
  • दान बहादुर बुढा साउन १ गते 
    मुगु जिल्लाको पूर्वय भेगमा रहेको मुगमकामारोङ्ग गाँउ पालिका बडा नम्बर ४ किम्री गाँउमा गत बैशाख २० गते आगलागी भएका १७ घरधुरी आगलागी पिडीतलाई थप राहात पाएका छन ।
    स्थाई घर मुगु जिल्ला छायानाथ रारा नगरपालिका १३ थार्प निबारी हाँल स्पेनमा बस्ने अक्कल बोहोराले नेपाल पत्रकार महाँसंघ शाखा मुगुका उपाध्क्षय तथा न्यूज २५ टिभि मुग जिल्लाका सम्वाददाता दान बहादुर बुढा मार्फत १ लाख ९ हजार आगलागी पीडीतले पाउदा निकै खुसी भएका छन ।
    हिजो आज बषातको समय भई सहेको छ दिन प्रति दिन आकास बाट पानि आई रहेको छ ।बास बस्र्ने घर छैन ।खुल्ला आकास मुनि र त्रिपाल मुनिको बास भई रहेको छ । तत्कालका लागी जिल्लामा रहेका उद्योगी ब्यापारी सरकारी कार्यालय संघ सस्था र गाँउ पालिकाले सहयोग गरेपनि खुल्ला आकासको मुनि बास हुदा हाम्रो पिडालाई बुझेर सहयोग गर्ने सबैलाई लाई भगवानले सक्षा गरुन बिशेस गरी स्पेनमा बसेर हाम्रो पिडालाई सम्बोधन गर्ने अक्कल बोहोरालाई धेरै धेरै भगवानले रक्षागरुन भन्दै खुसीका साथ राहात बुझदै आगलागी पिडीत किम्री ४ का छिरीङ्ग टासी लामाले बताएका छन ।
    आगलागी विडीतलाई स्पेनमा बस्ने अक्कल बोहोराले बैशाख २२ गते नै २० हजार राहात उपलब्ध गराईसकेका थिए भर्ने थप आगलागी पिडीतको समस्यालाई बुझदा थप १ लाख ९ हजार नगद राहात दिएका छन ।
    आगलागी पिडीतका बालबालीका हिजो आज बिद्यालय जान बाट सोत बन्चीत भएका छन आगलागी बाट बिद्यालय डे«स कपडा ,पढ्ने किताब कापी कलम नष्ट भएको छन । बिद्यालय बाट यी बन्चीत बालबालीका लाई बिभिन्न संघ सस्थाले सहयोग गर्ने भर्नेता पनि अहिले सम्म कनै निकाया बाट साहारा नपाएको जिक्मेत लामाले बताएका छन ।
    आगलागी भएको समयमा राहात ल्याएर आएका प्रदेश नम्बर ६ का मुख्य मन्त्री महेन्द्र शाहीले पिडीतलाई बास बस्नको लागी घर बनाई दिर्ने बाचा गरेर फरेको पछि हिजो आज नत बासको पहल भयो नत खाने गास सम्मको कुनै पनि प्रदेश सरकार बाट कुनै पनि पछिल्लो सुनुवाई नभएको हुदा निकै हिजो आज हामी आगलागी पाडितको कुनै पनि सुनुवाई नहुने भएकोमा निकै निरासा भएका छनै मुखमा मिठा कुरा मात्र हरेछन भन्दै पिडा पोखेका छन किम्री ४ कै स्थानिय बासी आण्डाङ्ग लामाले बताएका छन ।
    स्थायी घर मुगु जिल्ला छायानाथ रारा नगरपालिका थार्प निवासी हाल स्पेनमा देशमा रारा नामक होटल सन्चालन गरी बस्ने अक्कल बोहोराले पठाएका १लाख ९ हजार न्यूज २४ टिभिका मुगु जिल्लाका सम्वाददाता दान बहादुर बुढा मार्फत नगत राहात बुझदै ।

     

    प्रतिक्रिया दिनुहोस