आज: २०८१ बैशाख २५, मंगलबार
ePaper
होमपेज /  अन्तरर्वार्ता

एकतर्फी खुल्यो मुग्लिन-नारायणगढ सडकखण्ड

  • रारा रैबार
  • २०७३ चैत्र २१, सोमबार मा प्रकाशित
  • ९९५ पटक पढिएको
  • २१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।

    सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।

    उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।

    ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।

    पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।

    माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । घटनास्थल भरतपुरदेखि २० किलोमिटरको दूरीमा छ ।

    प्रतिक्रिया दिनुहोस