आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

पढाई खर्च : कुमाल परिवारलाई दियो नगरपालिकाले एक लाख

  • रारा रैबार
  • २०७८ माघ ७, शुक्रबार मा प्रकाशित
  • ९६६ पटक पढिएको
  • मुगु : मुगुको छायानाथ रारा नगरपालिका–११ र्याङ्गचेकाटी गाउँकी सौमती कुमालको परिवारलाई छायाँनाथ रारा नगरपालिकाले एक लाख रकम सहयोग गरेको छ ।

    एकै वर्षमा घरका तीन अभिभावक गुमाएसंगै सौमती कुमालको घरपरिवारमा आर्थिक संकट आइपरेकोले नजिकको सरकार छायाँनाथ रारा नगरपालिकाले घर खर्चको जोहो गर्न र बालबालिकाको पढाईमा सहजका लागि एक लाख रकम सहयोग गरेको हो ।

    बुधबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले घरमा कमाउने अबिभावकको मृत्यु पश्चात नजिकको सरकार छायानाथ रारा नगरपालिकाको तर्फ बाट बालबालिकाको शिक्षा र अन्य घरखर्च सहजको लागि सौमती कुमालको परिवारलाई एकलाख रकम सहयोग गरेको बताए ।

    गत बर्ष २०७७ असारमा बुवा, असोज र कात्तिकमा हजुर बुवा, हजुर आमा काजकिरिया गरेका कुमाल परिवारको दैनिकी आर्थिक संकटमा गुर्जिरहेको छ । घरपरिवारका लागि आर्थिक जोहो गर्न भारत गएका बुवाको भारतमा नै मृत्यु भएपछि उनको परिवार समस्यामा परेको थियो ।

    दैनिक ज्याला मजदुरीबाट चलेको उनको परिवारको दैनिकी समेत कष्टकर बन्दै गएपछि एकलाख सहयोग गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । घरमा कमाउने संसार छाडेर गएपछि बच्चाबच्ची हुर्काउन एकदमै समस्या भएको सौमती कुमालले दुखेसो पोखिन् ।घरमा अहिले साँझ खाए बिहान खाने छैन ।’ गाउँघरमा आफूले गर्ने कुनै काम नै नभएकाले पनि बालबच्चा हुर्काउन गाह्रो भएको उनको भनाइ छ ।

    छायाँनाथ रारानगरपालिकाले आफनो दुख बुझेर सहयोग गरेकाले नगरपालिका लाई धन्यवाद दिदै कुमालले भनिन गएको असार यता अविभावक घुमाए संगै आर्थिक संकटमा थियौ अब केहि सहज हुनेमा बिश्वस्त रहेको बताईन । अब हरेक बर्ष छायाँनाथ रारा नगरपालिकाले सौमती कुमालको परिवारलाई एक लाख रकम उपल्बध गराउने भएको छ । सौमती कुमालका तिन छोरा र एक छोरी रहेका छन ।

    प्रतिक्रिया दिनुहोस