आज: २०८१ बैशाख १९, बुधबार
ePaper
होमपेज /  Breaking News

कक्षा १ देखि ११ सम्म एउटै मूल्याङ्कन विधि, पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

  • रारा रैबार
  • २०७८ पौष १२, सोमबार मा प्रकाशित
  • ३४९ पटक पढिएको
  • काठमाण्डौ :  कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् ।

    शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका (२०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । निर्देशिका अनुसार माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीले कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ ।

    सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अङ्क प्राप्त गर्न नसकेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुनका लागि ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई तीन पटकसम्म ग्रेडवृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

    लेटर ग्रेडिङ प्रणाली अनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम ९ए प्लस० मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत अङ्क ल्याए ग्रेडसिटमा अत्युत्तम ( ए ) उल्लेख गरिनेछ । यस्तै ७० माथि ८० भन्दा कमलाई उत्कृष्ट ( बी प्लस ), ६० माथि ७० भन्दा कमलाई उत्तम  ( बी ), ५० माथि ६० भन्दा कम सन्तोषजनक ( सी प्लस ), ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य  ( सी ) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत ( डी ) को मान्यता दिइनेछ । पहिले ( डी प्लस ) लाई पनि ग्रेडिङ गरिन्थ्यो । अहिले यो तह हटाइएको छ ।

    ३५ भन्दा कम अङ्क ल्याउनेलाई अवर्गीकृत ( एनजी )उल्लेख गरिनेछ । ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैन ।

    प्रतिक्रिया दिनुहोस