आज: २०८१ बैशाख २२, शनिबार
ePaper
होमपेज /  Breaking News

कर्णाली सरकारबाट बाहिरियो एमाले

  • रारा रैबार
  • २०७९ चैत्र २६, आईतबार मा प्रकाशित
  • १५० पटक पढिएको
  • सुर्खेत , नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका तिन मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् ।

    हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो । र तत्काल सरकारबाट नबाहिरिने बताएको थियो । तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

    अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ । कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो न पर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस